सर्पको डसाइबाट महिलाको मृत्यु « Khabarhub

सर्पको डसाइबाट महिलाको मृत्यु


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

सर्लाही– विषालु सर्पको डसाइबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ वर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाइबाट ज्यान गएको प्रहरीले जनाएको हो । महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा लेवरको काम गर्ने क्रममा शुक्रबार अबेर सर्पले डसेको थियो । 

लगत्तै लालबन्दी नगरपालिका १, नवलपुर स्थित सर्प दंश उपचार केन्द्र पुर्‍याएको आफन्तले जनाएका छन् । त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो । उनको जनकपुरमा उपचारकै क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । 

मृतक महतोको शव आफन्तले बुझेर लगेका र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । जिल्लामा रहेको सर्प दंशका अस्पतालमा भेन्टिलेटर जस्ता उपकरण सञ्चालनमा नहुँदा सर्पदंशका विमारीले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ । 

जिल्लाको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा रहेको भेन्टिलेटरसमेत दक्ष प्राविधिकको अभावमा सञ्चालन हुन सकेको छैन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ११ : ३८ बजे

कीर्तिपुर-दरबारमार्ग साइकल र्‍याली भोलि, तीनजनालाई साइकल उपहार

काठमाडौँ – साइकल संस्कृति अभियानको समन्वयमा शनिबार साइकल र्‍यालीको आयोजना

रुस-युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन

भ्याटिकन सिटी – रुस-युक्रेन युद्ध अझै जारी रहेको बखतमा एउटा

अत्यधिक गर्मीले रौतहटका विद्यालय एक हप्ता बन्द

रौतहट – अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि

मध्यमस्तरको बजेट आयो

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब

अदाले गरिन् ४० घण्टासम्म पानी नपिएर सुटिङ 

मुम्बई – फिल्म ‘द केरला स्टोरी’की अभिनेत्री अदा शर्माले फिल्मको