भू-उपयोग सम्बन्धी काम सुरू « Khabarhub

भू-उपयोग सम्बन्धी काम सुरू


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा नगरपालिकाले पूर्वतयारीका लागि भू–उपयोग योजना तर्जुमाको काम सुरू गरेको छ ।

सरकारले भूउपयोग नीति लागू गरी जमिनको वर्गीकरण गर्ने कार्यक्रमअन्तर्गत कार्यन्वयनको पूर्वतयारीका लागि काम सुरू गरिएको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद  ढकालले जानकारी दिए । उनले नगरपालिकाले पिकासो कन्सल्टेन्सी इटहरीका प्राविधिकमार्फत जमिनको वर्गीकरणको काम सहज बनाउन वडास्तरमा अन्तक्र्रिया कार्यक्रम सुरु गरेको जानकारी दिए ।

नगरको वडा नं १० र १२ मा प्रारम्भिक चरणको काम सुरू भएको छ । विद्यमान भू-उपयोग अवस्था, भूमिको उर्वरता, जनसङ्ख्या प्रक्षेपण, जग्गाको मूल्य, जग्गाको खण्डिकरण दरलगायतलाई आधार मानेर काम गरिने परामर्शदाता तारा खतिवडाले अन्तरक्रियामा जानकारी गराए ।

नगरमा भू-उपयोग परिषद्को काम नगरकार्यपालिकाले नै गरी जमिनको वर्गीकरण गर्ने काम पूरा हुने परामर्शदाता खतिवडाले बताए । उनले  कृषि क्षेत्रका लागि न्यूनतम दुई कठ्ठा र आवास क्षेत्रका लागि न्यूनतम साढे सात धुर जग्गा हुनु अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीसँगको सहकार्यमा कृषि, आवास, उद्योग, वन, जलाधारलगायतका क्षेत्रमा जग्गाको वर्गीकरण गरिने बताए । 

 यसअघि प्रचलित अब्बल, दोयम, सीम र चहार भनी गरिएको वर्गीकरणलाई नयाँ वर्गीकरणले विस्थापन गर्ने उल्लेख गरिएको छ । पहिलो चरणमा तथ्यांक संकलन गरी नक्सांकन गरिने र थप काम अघि बढाइने नगर प्रवक्ता ढकालले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १२ : १२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी