‘गठबन्धनलाई बचाएर निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्ने दायित्व’ « Khabarhub

‘गठबन्धनलाई बचाएर निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्ने दायित्व’


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनलाई बचाएर निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्ने दायित्व आफ्नो भएको बताए । 

शनिबार काठमाडौंमा वृहत तरुण भेला उद्घाटन गर्दै खाँणले गठबन्धनलाई कायम राखेर आम निर्वाचन सुनिश्चित र सुरक्षितका साथै शान्ति सुरक्षा सहित सम्पन्न गर्ने दायित्व आफ्नो भएको बताएका हुन् । उनले अहिले गठबन्धन तोड्ने निर्णय कांग्रेसले नगर्ने भन्दै गठबन्धनको विषयमा गलत प्रचारका साथ कांग्रेसका कोही पनि नेताले भाषण गर्न नहुने धारणा राखे ।

त्यस्तै उनले देशका सबै तहमा कांग्रेसका नेता तथा कार्यकर्ताहरू रहेकाले सिट बाँडफाँड गर्दा आफ्नो प्रभाव बढि भएको क्षेत्र नगुमाउने गरि बुद्धिमतापूर्वक कांग्रेसले अडान राख्नुपर्ने बताए । 

संविधानलाई कार्यान्वयन गराउने प्रमुख दायित्व कांग्रेसको भएकाले सबै दललाई लिएर अघि बढ्ने दायित्व पनि कांग्रेसको भएको उनले बताए । खाँणले गठबन्धनका अर्को दलको उम्मेदवारलाई जिताउने चुनौति पार्टीमा रहेको बताए ।

उनले भोट ट्रान्सपर जस्तो चुनौतिपूर्ण काम गठबन्धनका अन्य दललाई पनि रहेकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ६ : १० बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको