अहिलेको गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल « Khabarhub

अहिलेको गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताए । 

एमाले मोरङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले गठबन्धन एमालेको विरोध गर्न मात्रै भएको र यसको कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताएका हुन् । 

उनले आगामी निर्वाचनमा गठबन्धनको सबै षडयन्त्रलाई चिर्दै एमालेले बहुमत ल्याउने दाबी पनि गरे । अहिलेको तथ्यले प्रतिनिधि सभा र प्रदेश सभामा बहुमत ल्याउने देखिएको उनको भनाई छ ।

त्यस्तै पोखरेलले अहिले आवश्यकता अनुसार केही स्थानमा कहिए दलहरूसंग चुनावी तालमेल हुन सक्ने तर गठबन्धन नै बनाएर अघि नबढ्ने धारणा राखे । पोखरेलले नेपालको स्वाभिमानमाथि कसैले गलत नजर लगाउन नसक्ने कुरा एमालेले नै स्थापित गरेको जिकिर गरे ।

पोखरेलले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेद्वार चयन लगाएका विषयमा देखिएको कमीकमजोरीलाई यसपटक एमालेले सुधार गरेर लैजाने धारणा राखे । 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ६ : २४ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र