आगामी मङ्सिरपछि कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्छ : नेता गौतम « Khabarhub

आगामी मङ्सिरपछि कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्छ : नेता गौतम


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद सञ्जय गौतमले आगामी मङ्सिरपछि कांग्रेस नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखाले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मङ्सिर ४ गतेपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यो सरकार स्थिर हुने बताएका हुन्  । 

देशलाई तीव्ररुपमा अगाडि बढाउन गठबन्धन आवश्यक रहेको बताउँदै उनले भने, ‘हाम्रो संविधानअनुसार नेपालमा कुनै पनि दलको एकल सरकार बन्ने सम्भावना कम छ, देशमा स्थिर सरकारसँगै विकासलाई तीव्रगतिमा अगाडि बढाउनका लागि पनि गठबन्धन गरेर निर्वाचनमा जान आवश्यक छ ।’

संविधानको रक्षा र कार्यान्वयनका लागि पनि गठबन्धन भएको गौतमको भनाइ छ । उनले राजनीतिक दलप्रति नागरिकको वृतृष्णा बढ्न थालेको भन्दै आगामी निर्वाचनपछि बलियो सरकार निर्माणपछि नागरिकका सबै समस्या समाधान गरिने दाबी गरे । 

गौतमले कांग्रेसभित्र केही असमझदारी रहेको भन्दै लोकतान्त्रिक मूल्यमान्यता बोकेको पार्टीमा प्रतिस्पर्धा र असमझदारी हुनु स्वभाविक रहेको बताए । 

सुर्खेतका सन्दर्भमा पनि विगतका तीतामीठा अनुभवलाई आत्मसात् गर्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ । उनले भने, ‘लोकतान्त्रिक मूल्यमान्यता बोकेका पार्टीमा प्रतिस्पर्धा हुनु स्वभाविक हो, केही त्रुटि पनि हुन सक्छन्, त्यसलाई सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन ।’ 

उहाँले सुर्खेत-तेलपानी हुँदै भुरीगाउँ पुग्ने सडक निर्माण चाँडै हुने भन्दै सडक निर्माणपछि कर्णालीको विकासमा टेवा पुग्नेसमेत बताए । कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले पार्टीभित्रको नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्नेमा जोड दिए  । 

उनले भने, ‘नेतृत्वले सबै नेता कार्यकर्तालाई मिलाएर लिनुपर्ने हुन्छ, हामी जति एकताबद्ध हुन्छौँ, त्यति नै हामी बलियो हुन्छौँ र हाम्रा एजेण्डा लागू गर्न सक्छौँ ।’ नेता गौतम निर्वाचन केन्द्रित जनताका साथमा कांग्रेस अभियानका लागि सुर्खेत आएका थिए । उक्त अभियानको समीक्षाका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ६ : ५४ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र