राहत सामग्रीसहित उद्योगमन्त्री बडू दार्चुलामा « Khabarhub

राहत सामग्रीसहित उद्योगमन्त्री बडू दार्चुलामा


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दार्चुला – धनगढीबाट राहत सामग्री बोकेर सेनाको हेलिकप्टरमार्फत नेपाल सरकारका उद्योग तथा वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहितको टोली सदरमुकाम खलङ्गा पुगेको छ ।

शुक्रबार राति परेको अविरल वर्षाका कारण पहिरामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । त्यसमध्ये सनाखत हुनेमा महाकाली नगरपालिका–२ मुल्ला ७७ वर्षीय नन्दराम बोहरा, महाकाली–३ डुङ्री बस्ने ३५ वर्षीया मानमती कार्की रहेका छन् भने नौगाड गाउँपालिका वडा नं १ बस्ने ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ४५ वर्षीय मोहनराम पार्की रहेका छन् ।

पहिरामा परी घाइते भएका नौगाड गाउँपालिकाका रामसिंह ठगुन्ना, वीरा ठगुन्ना, फागुली ठगुन्ना र जयबहादुर ठगुन्नालाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पु¥याएर उपचार भइरहेको छ भने २० वर्षीया सुत्केरी हरिना महरको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिए ।

बाढीपहिरामा परी मृत्यु हुनेमा तीन जना महिला दुई जना पुरुष गरी पाँच जना रहेका छन् । घाइते हुनेमा तीन महिला र पाँच पुरुष गरी जम्मा आठ जना रहेका छन् । बाढीपहिरामा अहिलेसम्म चार महिला र छ पुरुष गरी १० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण पहिरामा पुरिएर दुई सय ६३ पशुचौपायको मृत्यु भएको छ ।

महाकाली नगरपालिका बङ्गाबगरस्थित पार्किङमा रोकेर राखेको अवस्थामा जीप छ, कार एक, ट्र्याक्टर एक, स्काभेटर एक गरी जम्मा नौ वटा सवारीसाधन बेपत्ता भएका छन् ।

त्यस्तै ४२ घरमा पूर्ण क्षति भएको छ भने नौ वटा घरमा आंशिक क्षति भएको छ । चालीस घर अझै जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रबहादुर सिंहले बताए ।

महाकाली–३ मा रहेको दशरथ आधारभूत विद्यालयसमेत बगाएको छ । बाढीले महाकाली–३ मा रहेको डुङ्ग्री विद्युत् पावर हाउसमा पनि पूर्णरुपले क्षति भएको छ । झोलुङ्गे पुल दुई र मोटरेवल पुल एक गरी जम्मा तीन पुलमा पूर्ण क्षति भएको छ । सदरमुकाम खलङ्गामा खानेपानीको समेत हाहाकार मच्चिएको छ ।

स्थानीय बलवीर ठगुन्नाका अनुसार बिहानदेखि खानेपानीको निकै समस्या भएको र नेपाली सेनाले ब्यारेकबाट खानेपानी सहज गरिदिएको बताए । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले विपद्मा परेकाको उद्धार र बेपत्ता भएकाको खोजीकार्य जारी राखेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : ४२ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा