सत्ता गठबन्धनमा सिट बाँडफाँडबारे जुटेन सहमति, भोलि फेरि बैठक बस्ने « Khabarhub

सत्ता गठबन्धनमा सिट बाँडफाँडबारे जुटेन सहमति, भोलि फेरि बैठक बस्ने


२५ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ दलका शीर्ष नेताको निर्णयक भनिएको छलफल निष्कर्षविहीन भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन असफल भएको हो । बैठक भोलि बिहान पुन बस्ने नेताहरुले बताएका छन् ।

आजको बैठकमा कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथि शीर्ष नेताहरुले छलफल गरेका थिए । तर, सिट बाँडफाँटको विषयमा कुनै उपलब्धी भएन ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल व्यस्त भएको भन्दै शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक शनिबारसम्मलाई स्थगित भएको थियो।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ८ : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको