लिस्नु युवा क्लब क्वाटरफाइनलमा प्रवेश « Khabarhub

लिस्नु युवा क्लब क्वाटरफाइनलमा प्रवेश


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लिस्नु युवा क्लब, रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न अन्तिम प्रि क्वाटर फाइनल खेलमा आयोजक समेत रहेको लिस्नुले पाहुना टिम पाल्पा ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

एक नाइजेरीयन खेलाडी सहित मैदान ओर्लिको आयोजक लिस्नुले खेलको पहिलो हाफ गोल रहित खेल खेल्यो । खेलको ४४ मिनेटमा लिस्नुका राजेन्द्र रावलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । ५५ मिनेटमा विदेशी खेलाडी फोडे फुफानाले गोल थप्दै अग्रता २– ० बनाए ।

६५ मिनेटमा पाल्पा एघारका खेलाडीलाई डि एरिया भित्र लिस्नुका रक्षकले लडाएपछि पाल्याले पेनाल्टी हान्ने अवसर पाएकोमा जनोम लिगलले गोल गर्दै गोल अन्तरलाई २–१ बनाए । १ गोल फर्काएपछि जोशीएको पाल्पा ६८ मिनेटमा कप्तान कुशल भण्डारीले रातो कार्ड पाएर बाहिरिएपछि दबाबमा पर्न पुग्यो टिम । गोल गर्ने अवसर पाए पनि सदुपयोग हुन सकेन । अन्तत आयोजक लिस्नु २–१ गोलले जित निकाल्दै क्वाटर फाइनल प्रवेश गर्यो‍ ।

लिस्नुका हिमाल थापाले उत्कृष्ट खेल प्रदर्शन गरे बापत म्यान अफ म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ९ : ०४ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको