ताप्लेजुङमा तीन पदका लागि २८ को उम्मेदवारी « Khabarhub

ताप्लेजुङमा तीन पदका लागि २८ को उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ताप्लेजुङमा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि ११ र प्रदेशसभाका लागि १७ जनाको उम्मेदवारी परेको छ ।

आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधिसभाका लागि गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री र नेकपा (एमाले)का योगेशकुमार भट्टराईको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याका अनुसार प्रतिनिधिसभामा सञ्जुहाङ पालुङ्वा र हरिप्रसाद बरालको स्वतन्त्र उम्मेदवारी परेको छ ।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होमप्रसाद तुम्बाहाम्फेको उम्मेदवारी परेको छ । विभिन्न निर्वाचन क्षेत्रमा एमालेसँग चुनावी एकता गरेको जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आ–आफ्नो उम्मेदवारी दिएका छन् ।

राप्रपाबाट रामबहादुर कार्की र जसपाबाट चन्द्र मादेनले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनबाट विक्रम फेम्बु लिम्बू, लोकतान्त्रिक समाजवादी पार्टीबाट चैतन्यप्रकाश केदेम, जनता समाजवादी पार्टीबाट कृष्णबहादुर लिम्बूको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

त्यस्तै प्रदेशसभा (क)मा १० जनाको उम्मेदवारी परेको छ । कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले कांग्रेसबाट उम्मेदवारी दर्ता गराउँदा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जिल्ला इञ्चार्ज खेमबहादुर वनेम र एमाले पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्वोले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट मोतिलाल तुम्बाहाम्फे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भूपेन्द्र मावो लिम्बू, राप्रपाबाट चन्द्रबहादुर थापा, जसपाबाट युगराज गुरुङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट नेत्रप्रसाद ताम्लिङ लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसका महाधिवेशन प्रतिनिधि टीकाराम गुरुङ र प्रदेश कार्यसमिति सदस्य मीनाकुमारी गुरुङले समेत स्वतन्त्ररूपमा उम्मेदवारी दिएकी छन् ।

प्रदेशसभा (ख) मा सात जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका खगेनसिंह हाङ्गामको उम्मेदवारी परेको छ भने एमालेबाट प्रदेश सदस्य गोपाल थोप्राको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । जनता समाजवादी पार्टीबाट नवीन लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मुम्साम लिम्बू, राप्रपाबाट ललितकुमार सुब्बा र मङ्गोल नेशनल अर्गनाइजेशनबाट सन्तबहादुर लिम्बूको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ४१ बजे

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त