ताप्लेजुङमा तीन पदका लागि २८ को उम्मेदवारी | Khabarhub Khabarhub

ताप्लेजुङमा तीन पदका लागि २८ को उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ताप्लेजुङमा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि ११ र प्रदेशसभाका लागि १७ जनाको उम्मेदवारी परेको छ ।

आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधिसभाका लागि गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री र नेकपा (एमाले)का योगेशकुमार भट्टराईको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याका अनुसार प्रतिनिधिसभामा सञ्जुहाङ पालुङ्वा र हरिप्रसाद बरालको स्वतन्त्र उम्मेदवारी परेको छ ।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होमप्रसाद तुम्बाहाम्फेको उम्मेदवारी परेको छ । विभिन्न निर्वाचन क्षेत्रमा एमालेसँग चुनावी एकता गरेको जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आ–आफ्नो उम्मेदवारी दिएका छन् ।

राप्रपाबाट रामबहादुर कार्की र जसपाबाट चन्द्र मादेनले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनबाट विक्रम फेम्बु लिम्बू, लोकतान्त्रिक समाजवादी पार्टीबाट चैतन्यप्रकाश केदेम, जनता समाजवादी पार्टीबाट कृष्णबहादुर लिम्बूको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

त्यस्तै प्रदेशसभा (क)मा १० जनाको उम्मेदवारी परेको छ । कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले कांग्रेसबाट उम्मेदवारी दर्ता गराउँदा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जिल्ला इञ्चार्ज खेमबहादुर वनेम र एमाले पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्वोले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट मोतिलाल तुम्बाहाम्फे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भूपेन्द्र मावो लिम्बू, राप्रपाबाट चन्द्रबहादुर थापा, जसपाबाट युगराज गुरुङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट नेत्रप्रसाद ताम्लिङ लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसका महाधिवेशन प्रतिनिधि टीकाराम गुरुङ र प्रदेश कार्यसमिति सदस्य मीनाकुमारी गुरुङले समेत स्वतन्त्ररूपमा उम्मेदवारी दिएकी छन् ।

प्रदेशसभा (ख) मा सात जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका खगेनसिंह हाङ्गामको उम्मेदवारी परेको छ भने एमालेबाट प्रदेश सदस्य गोपाल थोप्राको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । जनता समाजवादी पार्टीबाट नवीन लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मुम्साम लिम्बू, राप्रपाबाट ललितकुमार सुब्बा र मङ्गोल नेशनल अर्गनाइजेशनबाट सन्तबहादुर लिम्बूको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ४१ बजे

राजतन्त्रको पक्षमा निस्केको आवाजबाट सर्तक हुनुपर्छ : महामन्त्री शर्मा

लुम्बिनी – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको

फिदिममा किरात गोल्डकप सुरु

पाँचथर – नवस्थापित पाँचथर फुटबल क्लबको आयोजनामा पाँचथरको सदरमुकाम फिदिममा

मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ सङ्गठनको असन्तुष्टि

मुगु – नेकपा (एमाले) मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित

तनहुँमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, तीन घाइते

तनहुँ – ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको

जनजाति महासङ्घको महाधिवेशन जेठमा

काठमाडौं – नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी