सुदूरपश्चिम र कर्णालीमा भारी वर्षाको सम्भावना  « Khabarhub

सुदूरपश्चिम र कर्णालीमा भारी वर्षाको सम्भावना 


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत उत्तर पूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालको मौसममा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश नं १, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति पनि कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही  स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार भोलि पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा भने मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पर्सि दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : १३ बजे

आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

एथेन्स- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक क्षेत्र वा व्यापारिक मार्गमा

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा