कञ्चनपुरबाट तीन जना पूर्व मन्त्रीको उम्मेदवारी « Khabarhub

कञ्चनपुरबाट तीन जना पूर्व मन्त्रीको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा तीन पूर्वमन्त्रीले मनोनयन दर्ता गराएका छन्।

सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रकी नेता बिना मगरले मनोनयन दर्ता गराएकी छन्। यसअघिको निर्वाचनमा उनी भारी मतले विजयी भएकी थिइन्।

नेकपा एमालेका तर्फबाट सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङले उम्मेदवारी दर्ता गराएकी छन्। अघिल्लो निर्वाचनमा मगरलाई जिताउन सक्रिय लामा यसपटक भने उनकी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएकी छन्।

निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री मगरसहित आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश (एनपी)साउद चुनावी मैदानमा छन्। २०७४ को निर्वाचनमा आफूलाई हराएका एमाले नेता नरबहादुर धामीसित साउदको दोस्रोपटक चुनावी भिडन्त हुँदैछ।

क्षेत्र नं २ मा १० जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पूर्वमन्त्री रमेश लेखक र नेकपा एमालेका नेत्री निरुदेवी पालबीच प्रतिस्पर्धा हुँदैछ। अघिल्लोपटक एमालेका नेता डा. दीपकप्रकाश भट्टसित थोरै मतान्तरले पराजित नेता लेखक यसपटक सत्ता गठबन्धन दलका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

यता समानुपातिकबाट सांसद बनेकी एमाले नेत्री पाललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाउने छ। निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि १३ जनाले उम्मेदवारी दिएका छन्।

जिल्लामा प्रतिनिधिसभाका तीन सिटमा आइतबार ३१ जना र प्रदेशसभाका छवटा सिटका लागि ५५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ९ : ५५ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप