कञ्चनपुरबाट तीन जना पूर्व मन्त्रीको उम्मेदवारी « Khabarhub

कञ्चनपुरबाट तीन जना पूर्व मन्त्रीको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा तीन पूर्वमन्त्रीले मनोनयन दर्ता गराएका छन्।

सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रकी नेता बिना मगरले मनोनयन दर्ता गराएकी छन्। यसअघिको निर्वाचनमा उनी भारी मतले विजयी भएकी थिइन्।

नेकपा एमालेका तर्फबाट सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङले उम्मेदवारी दर्ता गराएकी छन्। अघिल्लो निर्वाचनमा मगरलाई जिताउन सक्रिय लामा यसपटक भने उनकी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएकी छन्।

निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री मगरसहित आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश (एनपी)साउद चुनावी मैदानमा छन्। २०७४ को निर्वाचनमा आफूलाई हराएका एमाले नेता नरबहादुर धामीसित साउदको दोस्रोपटक चुनावी भिडन्त हुँदैछ।

क्षेत्र नं २ मा १० जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पूर्वमन्त्री रमेश लेखक र नेकपा एमालेका नेत्री निरुदेवी पालबीच प्रतिस्पर्धा हुँदैछ। अघिल्लोपटक एमालेका नेता डा. दीपकप्रकाश भट्टसित थोरै मतान्तरले पराजित नेता लेखक यसपटक सत्ता गठबन्धन दलका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

यता समानुपातिकबाट सांसद बनेकी एमाले नेत्री पाललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाउने छ। निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि १३ जनाले उम्मेदवारी दिएका छन्।

जिल्लामा प्रतिनिधिसभाका तीन सिटमा आइतबार ३१ जना र प्रदेशसभाका छवटा सिटका लागि ५५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ९ : ५५ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद