रसुवाबाट प्रतिनिधि र प्रदेशसभाका लागि २९ जनाको मनोनयन दर्ता | Khabarhub Khabarhub

रसुवाबाट प्रतिनिधि र प्रदेशसभाका लागि २९ जनाको मनोनयन दर्ता


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रसुवा – आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि रसुवाबाट २९ जना उम्मेदवारले मनोनयपत्र दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरणअनुसार एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभाका लागि ११ र दुई प्रदेशसभाका लागि नौ–नौ जना उम्मेदवारले आ–आफ्नो मनोनयन पत्र दाखिला गरेका हुन् । प्रतिनिधिसभाका लागि तीन स्वतन्त्र र आठ राजनीतिक दल, प्रदेशसभा तर्फको (क) र (ख)मा एक–एक स्वतन्त्रसहित आठ–आठ वटा  राजनीतिक दलका प्रतिनिधिले मनोनयन पत्र दर्ता गरेका हुन् ।

प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मोहन आचार्य, नेकपा (एमाले)को तर्फबाट छोवाङ तेन्जिङ तामाङसहित  नेकपा (एकीकृत समाजवादी)  मङ्गोल नेशनल अर्गनाइजेशन, नेमकिपा, जनसमाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र तामसालिङ लोकतान्त्रिक पार्टीका उम्मेदवारले समेत दर्ता गराएका छन्। लीलाबहादुर न्यौपाने, रामशरण पौडेल र कर्सावाङ्दी तामाङले स्वतन्त्र उमेदवारी दिएका छन् ।

जिल्लाको प्रदेशसभा (क) बाट गठबन्धन तर्फबाट कांग्रेसका प्रभात लामा, एमालेका कुलप्रसाद भट्ट, एकीकृत समाजवादीका सनथ देवकोटालगायत  राप्रपा, नेमकिपा, तामसालिङ लोकतान्त्रिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादीसमेतले मनोनयन दर्ता गराएका छन् ।

यस्तै प्रदेशसभा (ख)मा गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामे, एमालेका तेम्व्रेल तामाङ, एकीकृत समाजवादीका रामप्रसाद न्यौपाने, कांग्रेस (बीपी)को तर्फबाट शारदाकुमार न्यौपानेलगायत राप्रपा, तामसालिङ लोकतान्त्रिक, मङ्गोल अर्गनाइजेशन, नेमकिपासमेतले मनोनयन दर्ता गराएको बताइएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : १८ बजे

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लुम्बिनी– रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको

गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको

टिकट चोरीको घटनामा थप एक जना पक्राउ

काठमाडौँ– जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर

अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

चितवन– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र

अर्जुनधारा जलेश्वर धाममा चार लाख पर्यटक भित्र्याउने तयारी

झापा– झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख