निर्वाचन निष्पक्ष र भयरहित हुन्छ : मन्त्री कार्की « Khabarhub

निर्वाचन निष्पक्ष र भयरहित हुन्छ : मन्त्री कार्की


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इनरुवा- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।

उनले आइतबार नेपाली कांग्रेससहित सत्ता गठबन्धनबाट सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गराएका उनले आज सञ्चारकर्मीसँग आगामी निर्वाचनपछि मुलुकमा विकास, समृद्धि, सुशासन, शान्ति स्थायित्व र आर्थिक स्थिरता कायम हुने  बताए। अबको सरकारले देशबाट बेरोजगारी र गरिबी अन्त्यका लागि काम गर्ने बताए । संविधानको रक्षा गरी आन्तरिक एकतालाई मजबुत पार्ने काममा सरकार लागिपरेको उनले बताए ।

आफू निर्वाचित भएको यस क्षेत्रलाई उत्कृष्ट क्षेत्र बनाउने काममा लागेको र अब फेरि पनि त्यसलाई पूर्ण सार्थक पार्नका लागि काम गर्ने योजना रहेको मन्त्री कार्कीले बताए। आफू भाषणमा मात्रै नभई दस्तावेजसहित यथार्थमा काम गर्ने र राष्ट्रिय हित र जनताको मन जित्ने काम गर्ने बताए ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायातसहितका क्षेत्रका कामहरूलाई पूर्णता दिनका लागि काम गर्ने मन्त्री कार्कीले उल्लेख गरे। प्रतिनिधिसभामा आफ्नो पाँच वर्षे कार्यकाल अन्तर्गत विश्व नै कोरोना महामारीका कारण डेढ वर्ष पूर्ण प्रभावित भएको र बाँकी समय आफूले राम्रो काम गरेको दाबी पनि उनको थियो ।

उनले कांग्रेस सरकारले नागरिकका आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्ने बताए। मन्त्री कार्कीले आफूहरूले गरेको कामको अध्ययन गरी सही मूल्याङ्कन गरिदिन नेपाली जनतालाई आग्रह गर्दै अगामी दिनमा कसरी काम गर्ने भन्नेबारेमा स्पष्ट धारणाका साथ जनताका घरदैलैमा भेटघाट गर्न आफू जाने पनि बताए।

आगामी निर्वाचनमा आफू विजयी भएसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, गरिबी निवारण र रोजगारीको सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको मन्त्री कार्कीले बताए। अघिल्लो निर्वाचनमा पनि विजयी बन्नुभएका मन्त्री कार्कीले दोस्रो पटक सोही क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १२ : ०३ बजे

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२