सर्पले डसेर एक पुरुषको मृत्यु « Khabarhub

सर्पले डसेर एक पुरुषको मृत्यु


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

वालिङ– गएराति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ-८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिए ।

गएराति ११ः३० बजे सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएकामा त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरिएको उनले जानकारी दिए ।

‘सर्पले डसेपछि अस्पतालसम्म ल्याई पुर्‍याउँदा विष लागिसकेको अवस्था थियो, रगतै वान्ता गर्नेलगायत लक्षण देखिइसकेको थियो’, सूचना अधिकारी पौडेलले भने, ‘यहाँ उपचार सम्भव नभएपछि तत्कालै रिफर गर्‍यौँ तर बिहान ४ बजेतिर यहीँ अस्पतालमै बिरामीको मृत्यु भयो ।’ खाँणको बायाँ हातका दुई ठाउँमा करेत सर्पले डसेको थियो । स्थानीयवासीले बिरामीसँगै सर्प पनि मारेर अस्पताल ल्याएका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १ : १० बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित