दाङबाट ९० जनाको उम्मेदवारी | Khabarhub Khabarhub

दाङबाट ९० जनाको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दाङ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा ९० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको विवरणअनुसार तीन निर्वाचन क्षेत्र भएको दाङमा प्रतिनिधिसभाको तीन सदस्यका लागि ४४ र प्रदेशसभाका छ सदस्यका लागि ४६ जनाले मनोनयन गराएका हुन् । 

यीमध्ये १७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ सात जनाको स्वतन्त्र उम्मेदवारी परेको हो । निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि एक स्वतन्त्रसहित १२ जना, प्रदेशसभाका लागि १ (क) मा नौ जना, १ (ख) मा छ जनाको उम्मेदवारी परेको हो । 

यस्तै निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्रसहित १५ जना र प्रदेशसभातर्फ(क) मा एक स्वतन्त्रसहित आठ र २ (ख) मा पाँच जनाको उम्मेदवारी परेको हो । यस्तै निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभातर्फस्वतन्त्रसहित १७ जना, प्रदेशसभातर्फ(क) मा दुई स्वतन्त्रसहित नौ र ३ (ख) मा चार स्वतन्त्रसहित नौ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार वर्षा जारी रहे पनि सबै दलका तथा स्वतन्त्र उम्मेदवारले उत्साहका साथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए । यसैबीच दाङ क्षेत्र नं १ मा सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) नेता तथा सहरी विकासमन्त्री मेटमणि चौधरीले मनोनयन दर्ता गराएका छन् 

नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्यमा शान्ता चौधरीको उम्मेदवारी दर्ता भएको छ भने नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी, नेपाली कांग्रेस बिपीबाट अशोक खड्का, हाम्रो नेपाली पार्टीबाट गङ्गा चौधरी (सत्गौवा)ले उम्मेदवारी दर्ता गराएका छन् 

त्यसैगरी दाङको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि सत्तापक्षीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मा, नेकपा एमालेका तर्फबाट शंकर पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, नेकपा एमालेका केन्द्रीय सदस्य कोमल ओली, राप्रपाका ओजबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  २ : ०१ बजे

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता

प्रधानमन्त्री कार्कीलाई कांग्रेस नेता केसीले दिए पाँच बुँदे सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले जेन-जी आन्दोलनका

मोरङका पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालयको सरसफाइ

मोरङ – नेपाल पत्रकार महासङ्घ मोरङको अगुवाइमा विराटनगर महानगरपालिका–७ स्थित