उदयपुरबाट ६४ जनाको उम्मेदवारी « Khabarhub

उदयपुरबाट ६४ जनाको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको निर्वाचन क्षेत्र १ र २ मा आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्रणसहित ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट तीन जना र प्रदेशसभा सदस्यमा पाँच जनाले उम्मेदवारी दिएका छन् । 

निर्वाचन क्षेत्र १ बाट सत्तारुढ गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा. नारायण खड्का, एमालेबाट मन्जुकुमारी चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट खुशीलाल ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट कम्पसबहादुर राई, नेपाल मजदुर किसान पार्टीबाट विष्णुबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पाटीबाट धुव्रकुमार रायमाझी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उद्धव अधिकारी, जनता समाजवादी पार्टी नेपालबाट गोपाल राई, सचेत नेपाली पार्टीबाट हरिबहादुर बुढाथोकी, नागरिक उन्मुक्ति पाटीबाट कृतनारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालबाट ललकु चौधरी, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट केशरबहादुर मगर, जनता प्रगतिशील पार्टीबाट मुकेश सहनी, नेपाल कम्युनिष्ट पार्टी मालेबाट रामप्रसाद चौलागाईं, स्वतन्त्रबाट राम श्रेष्ठ चौधरी गरी १६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ बाट सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडा,  एमालेबाट अम्बरबहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिलकुमार श्रेष्ठ, कांग्रेस बिपिबाट केशबबहादुर पाण्डे, नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी, मंगोल अर्गनाईजेशन पार्टीबाट भाष्कर राई, हाम्रो नेपाली पार्टीबाट लोबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट बन्सिधर न्यौपाने,  जनजागरण पार्टी नेपालबाट बिन्दाकुमारी कटुवाल, जनता समाजवादी पार्टी नेपालबाट सिद्धान्त राई, स्वतन्त्रबाट रामकुमार राई, स्वतन्त्रबाट राममणि पौडेल गरि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

उदयपुरका चारवटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा ३६ जनाको उम्मेदवारी परेको छ । 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ३ : ३१ बजे

राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाले रसुवा बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको

तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा

ताप्लेजुङ– ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि

राष्ट्रियसभा सदस्य : सरकारबीच समन्वय गरेर उद्धार प्रभावकारी बनाउन आग्रह

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा

एजेन्सी– इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा (युरोपियन युनियन) ईयूको

अभिनेत्री मनीषाको विश्व समुदायलाई अपिल : भ्रमण गरिदिएर नेपालको पर्यटन चलायमान बनाइदिनुस्

काठमाडौं– नेपाल–तिब्बत सीमा क्षेत्र आसपास आएको विनाशकारी बाढीले देश शोक