‘महापुरुष’ को ट्रेलर सार्वजनिक (भिडियो)  « Khabarhub

‘महापुरुष’ को ट्रेलर सार्वजनिक (भिडियो) 


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुप्रतीक्षित  महजोडी अभिनीत चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार दिउँसो ४ बजे केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक भएको हो ।

कमेडी जनरामा बनेको ‘महापुरुष’ मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लिड रोल रहेको छ । ट्रेलरमा बाबु र सन्तानबीचको भावनात्मक सम्बन्ध तथा प्रौढ प्रेमलाई मर्मस्पर्शी ढंगले देखाइएको छ ।

प्रदीप भट्टराई निर्देशित महापुरुषको ट्रेलरले नै चलचित्र पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित रहेको स्पष्ट पार्छ । अभिनेता आचार्य र अभिनेत्री गौरी मल्ल तथा मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, रबिन्द्रसिंह बानियाँ, अरुण श्रेत्री, अञ्जना बराइली प्रभावकारी देखिएका छन् । यसअघि दर्शकबाट राम्रो रेस्पोन्स आइरहँदा महापुरुषको इन्टरनेट ट्रेलर रिलिज गरिएको थियो । केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलसँगै विभिन्न फेसबुक पेज र एकाउन्टमार्फत इन्टरनेटमा ट्रेलर रिलिज गरिएको हो । 

हलभन्दा फरक ट्रेलर इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्मको कथासार स्पष्ट पारिएको छ । दुई परिवारको कथा ट्रेलरमा देखाइएको छ । दुई उमेर समूहको प्रेमभाव समेत यसमा देख्न सकिन्छ । 

फ्याम्ली ड्रामा मार्फत समाजमा विधमान सोचलाई भत्काउने प्रयास गरिएको लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराईले बताए । ‘समाजको महत्वपूर्ण विषयमा फिल्मी शैलीमा सरल रूपले देखाउने प्रयास गरेका छौँ । हामीले फिल्मलाई अभिभावकको आँखाबाट देखाउने छौँ । यसलाई स-परिवार बसेर हेर्न सक्नुहुनेछ,’ निर्देशक भट्टराईले भने । यो सिनेमा ११ कात्तिकमा विश्वभर एकसाथ रिलिज हुनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ५ : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया