अविरल वर्षाले राजापुरका घर डुबानमा « Khabarhub

अविरल वर्षाले राजापुरका घर डुबानमा


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मधुवन– मधुवन बर्दियाको राजापुर नगरपालिकाका विभिन्न वडामा एक सातादेखि अविरल वर्षाले कर्णाली नदी तटीय क्षेत्र बस्तीका घरहरू डुबानमा परेका छन् ।

यही असोज १८ गते रातिदेखि परेको लगातारको वर्षाले कर्णाली नदीमा पानीको सतह बढेपछि एक हजार तीन सय ४२ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको इलाका प्रहरी कार्यालय राजापुर बर्दियाले जनाएको छ । बेमौसमी वर्षापछिको बाढीले राजापुर क्षेत्रमा डुबान गरेपछि नदी तटीय क्षेत्रका स्थानीय पीडित बनेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन् । 

कर्णाली नदी बढेसँगै बर्दिया र कैलालीमा हरेक वर्ष जस्तो बाढी पस्ने गरेको छ । कर्णाली नदीको सतह खतराको तह पार गरी नाघेपछि बस्ती डुबानमा परेको थियो ।  वडा नं. १ मा छ सय, वडा नं. ३ मा तीन सय ५०, वडा नं .५ मा १०, वडा नं. ७ मा तीन सय ५०, वडा नं .८ मा  १०, वडा नं .९ मा २२ गरी कूल एक हजार तीन सय ४२ घर डुबानमा परेको जनाइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : २१ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति