अविरल वर्षाले राजापुरका घर डुबानमा « Khabarhub

अविरल वर्षाले राजापुरका घर डुबानमा


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मधुवन– मधुवन बर्दियाको राजापुर नगरपालिकाका विभिन्न वडामा एक सातादेखि अविरल वर्षाले कर्णाली नदी तटीय क्षेत्र बस्तीका घरहरू डुबानमा परेका छन् ।

यही असोज १८ गते रातिदेखि परेको लगातारको वर्षाले कर्णाली नदीमा पानीको सतह बढेपछि एक हजार तीन सय ४२ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको इलाका प्रहरी कार्यालय राजापुर बर्दियाले जनाएको छ । बेमौसमी वर्षापछिको बाढीले राजापुर क्षेत्रमा डुबान गरेपछि नदी तटीय क्षेत्रका स्थानीय पीडित बनेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन् । 

कर्णाली नदी बढेसँगै बर्दिया र कैलालीमा हरेक वर्ष जस्तो बाढी पस्ने गरेको छ । कर्णाली नदीको सतह खतराको तह पार गरी नाघेपछि बस्ती डुबानमा परेको थियो ।  वडा नं. १ मा छ सय, वडा नं. ३ मा तीन सय ५०, वडा नं .५ मा १०, वडा नं. ७ मा तीन सय ५०, वडा नं .८ मा  १०, वडा नं .९ मा २२ गरी कूल एक हजार तीन सय ४२ घर डुबानमा परेको जनाइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : २१ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १