मकवानपुरमा उम्मेदवारमाथि परेन उजुरी  « Khabarhub

मकवानपुरमा उम्मेदवारमाथि परेन उजुरी 


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएका मकवानपुरका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । निर्वाचन आयोगले  उम्मेदवारीमाथि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकेको थियो ।

मकवानपुरका दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेशसभा क्षेत्र गरी छ वटा क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा प्रतिनिधिसभा सदस्य पदमा मकवानपुर क्षेत्र नम्बर १ बाट दुई स्वतन्त्रसहित १६ र क्षेत्र नम्बर २ बाट एक स्वतन्त्रसहित १० गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेशसभा सदस्य पदमा मकवानपुर क्षेत्र नम्बर १ (क) मा आठ, १ (ख) मा १० र क्षेत्र नम्बर २ (क) मा १० र २ (ख) मा १५ गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : २८ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब