रुसी आक्रमणमा थप ११ युक्रेनीको मृत्यु « Khabarhub

रुसी आक्रमणमा थप ११ युक्रेनीको मृत्यु


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युक्रेनमा सोमबार भएको रूसी आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको राष्ट्रिय प्रहरी सेवाले जनाएको छ ।

‘युक्रेनको भूमिमा रुसी महासंघले गरेको क्षेप्यास्त्र आक्रमणका कारण अहिलेसम्म कम्तीमा ११ जनाको मृत्यु भएको छ भने करिब ६० जना घाइते भएका छन्,’ राष्ट्रिय प्रहरी सेवाले फेसबुकमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

युक्रेनको राजधानी कीभमा सोमबार बिहानै रूसले आक्रमण गरेको थियो ।कीभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणमा परी राजधानीमा मात्र कम्तीमा ५ जनाको मृत्यु भएको छ ।

‘कीभमा रकेट आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । ५१ जना घाइते भएका छन् । तीमध्ये ४२ जनालाई अस्पताल भर्ना गरिएको छ,’ क्लिट्स्कोले सामाजिक सञ्जालमार्फत सार्वजनिक एक भिडियोमा भनेका छन् ।

युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलका अनुसार सोमबारको आक्रमणमा कीभ र आठ क्षेत्रमा ११ वटा महत्वपूर्ण पूर्वाधार संरचनामा क्षति पुगेको छ ।

मस्कोले कीभलाई दोषी ठह¥याएको रसिया र क्रिमिया जोड्ने पुलमा ठूलो विस्फोट र क्षति भएको दुई दिनपछि युक्रेनको सेनाले रुसले युक्रेनमा ८४ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : ०७ बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर