रोम एक्स्पो–२०३० मा भाग लिन नेपाललाई इटालीको आह्वान « Khabarhub

रोम एक्स्पो–२०३० मा भाग लिन नेपाललाई इटालीको आह्वान


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल र भारतका लागि इटालीका राजदूत भिनसेन्जो डे लुकाले रोम एक्स्पो–२०३० (रोम मेला–२०३०) मा भाग लिन नेपाली समुदायसँग आह्वान गरेका छन् ।

रोम सहरको ऐतिहासिक कला, संस्कृति, सभ्यता र धरोहर झल्काउने भिडियो र तस्बिर प्रदर्शनीका अवसरमा आज ठमेलस्थित एलोफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा राजदूत लुकाले सन् २०३० मा रोममा हुने बृहत् मेलामा भाग लिई लाभान्वित हुन नेपाली सङ्घसंस्था, उद्यमी–व्यवसायीलगायत नेपाली समुदायसँग अनुरोध गरेका हुन् ।

इटालीको राजधानी रोममा हुने बृहत् मेलामा विश्वका ४० लाखभन्दा बढी सङ्घसंस्थाको सहभागिता हुने बताउँदै उहाँले आपसी सहयोग, सहकार्य र सहअस्तित्वका आधारमा घनिष्ट सम्बन्ध भएको सुन्दर देश नेपालका तर्फबाट उल्लेख्य सहभागिता हुने विश्वास व्यक्त गरे ।

विश्वका प्रतिष्ठित सङ्घसंस्था, व्यक्ति र कम्पनीलगायतले भाग लिने बृहत् रोम मेलामा ऐतिहासिक सम्पदा, कला, संस्कृति, आविष्कार, दिगो विकास, विज्ञान प्रविधि, हरियाली, वातावरण संरक्षण, उद्यमशीलतालगायतका क्षेत्रमा अनुभवको आदानप्रदान भई समग्र विश्वसमुदाय लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।

इटालीका लागि नेपाली अवैतनिक वाणिज्यदूत प्रतिमा पाण्डेले कला, संस्कृति, सभ्यता र विकासका दृष्टिले सम्पन्न मुलुक इटालीसँग नेपालको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै बृहत् रोम मेलाबाट नेपाल पनि लाभान्वित हुनसक्नुपर्ने धारणा व्यक्त गरे ।

रोम सहरको कला, संस्कृति, सभ्यता, विकास झल्काउने २१ तस्बिर र चित्रकलासमेत राखिएको प्रदर्शनी दुई हप्तासम्म चल्ने बताइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ९ : १७ बजे

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने