बैतडीमा प्रतिनिधिसभा तर्फ महिला उम्मेदवार शून्य « Khabarhub

बैतडीमा प्रतिनिधिसभा तर्फ महिला उम्मेदवार शून्य


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बैतडी – आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा महिला उम्मेदवारी शून्य रहेको छ । यहाँ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाको लागि एक मात्रै क्षेत्र रहेको बैतडीमा १२ जनाको उम्मेदवारी परेको र एक जना पनि महिला उम्मेदवार नरहेको निर्वाचन कार्यालयले जनाएको छ । महिलालाई टिकट नदिनु र नेतृत्वसम्म नपुग्नुको कारण दलहरुको पुरातन सोच रहेको दशरथचन्द नगरपालिकाका निवर्तमान उपप्रमुख तथा नेपाली कांग्रेसका महाधिवेशन महाधिवेशन प्रतिनिधि मीना चन्दले बताए ।

प्रतिनिधिसभामा उम्मेदवारी दिनेमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर, नेकपा एमालेका दामोदर भण्डारी, राप्रपा प्रेमबहादुर चन्द, राप्रपा नेपालका हिम्मत चन्द, पिपुल्स पार्टीका कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकासचन्द्र भट्ट, नेमकिपाका कृष्णप्रसाद गोसाईं र जनता समाजवादी पार्टीका आनसिंह भण्डारी रहेका छन् ।

यसका साथै प्रतिनिधिसभाकै लागि चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा केशवबहादुर चन्द, परमानन्द भट्ट, मानसिंह बिष्ट र त्रिलोकबहादुर चन्द छन् ।

प्रदेशसभा को कमा ६ र प्रदेशसभाको खमा पाँच जनाको उम्मेदवारी परेको छ । प्रदेशसभा उम्मेदवारमा भने महिला प्रतिनिधित्व भएको छ । जसमा दुवै क्षेत्रमा एक एक महिलाले उम्मेदवारी दिएका छन् । कमा राप्रपा नेपालका कृष्णा पन्तले उम्मेदवारी दिनुभएको छ भने खमा नागरिक उन्मुक्ति पार्टीका रेवती बोहराले उम्मेदवारी दर्ता गराएका छन् ।

कमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर विष्ट, नेकपा एमालेका सुरेन्द्र पाल, नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्ट, राप्रपाका रणबहादुर विष्ट र स्वतन्त्रबाट हरिमोहन भण्डारीले उम्मेदवारी दिएका छन् । खमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शिवराज भट्ट, एमालेका लिलाधर भट्ट, राप्रपा नेपालका प्रेमबहादुर चन्द र राप्रपाका नारायणदत्त जोशीले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ९ : ४२ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२