कमल थापालाई सुर्य चिन्ह दिएकोमा रावलको आपत्ति « Khabarhub

कमल थापालाई सुर्य चिन्ह दिएकोमा रावलको आपत्ति


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई सुर्य चिन्ह दिएको प्रति आपत्ति जनाएका छन् ।

मकवानपुर–१ का उम्मेदवार थापाले नेकपा एमालेको सुर्य चुनाव चिन्हवाट उम्मेदवार भएपछि रावलले ‘अनैतिकताको नमूना’ भन्दै आपत्ति जनाएका हुन् । उनले एमालेसँग चुनावी गठबन्धन गरेको जनता समाजवादी पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहिरहेको विषयलाई पनि ‘अनौतिक’ भनेका छन्।

‘कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्रने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसंग गर्ने ?,’ रावलले भनेका छन, ‘निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने। यस्तैलाई एमालेले बोक्ने ! के हुन लाग्यो ’

आफनो नाम क्षेत्र, जिल्ला र प्रदेशवाट सिफारिस भए पनि केन्द्रले टिकट नदिएको बिषयमा उचित समयमा बोल्ने जनाएका रावलले थापालाई दिएको सुर्य चिन्ह र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा नै रहिरहेको बिषयलाई सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ९ : ५९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी