तनहुँमा ९९ जनामा डेङ्गु सङ्क्रमण « Khabarhub

तनहुँमा ९९ जनामा डेङ्गु सङ्क्रमण


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ – केही दिनयता ९९ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । चार सय चारजनाको स्वास्थ्य परीक्षण गरिएकामा उनीहरूमा पोजेटिभ देखिएको हो ।

तीन सय पाँचजनामा भने नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । डेङ्गु रोगका बिरामीको सङ्ख्या बढ्दै गएपछि सचेत बन्नुपर्ने देखिएको छ । अन्य रोगका तुलनामा डेङ्गुका बिरामी बढ्दै जाँदा अस्पतालमा शय्याको अभाव हुन थालेको छ ।

गत शनिबार मात्रै ११ जनामा डेङ्गु पोजेटिभ देखिएको दमौली अस्पतालका इमरजेन्सी कक्षका अहेव राजेश क्षेत्रीले जानकारी दिए ।

अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीमध्ये एक सयदेखि एक सय पचास जनासम्म ज्वरोका हुने गरेका छन् ।

डेङ्गु हुँदा मानिसमा उच्च ज्वरो आउने, ज्यान दुख्ने र बान्ता गर्ने लगायतका लक्षणहरु देखिन्छ । पन्ध्र शय्या क्षमताको अस्पतालमा ४० शय्यासम्म राखेर सेवा दिँदा पनि शय्या अपुग भएको उनले बताए । डेङ्गुबाट बच्नका लागि टोलटोलमा गएर अझै मानिसहरुमा सचेतना फैलाउनुपर्ने अवस्था देखिएको अस्पतालले जनाएको छ ।

ज्वरो आएमा पारासिटामोल प्रयोग गर्ने, झोलिलो पदार्थ सेवन गर्ने र प्रशस्त मात्रामा पानी पिउने र आराम गर्न बिरामीलाई सुझाव दिने गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अभिनन्दन तिवारीले जानकारी दिए । उनका अनुसार आफ्नो घर वरिपरि सफा राख्ने, लामखुट्टे न्यूनीकरण गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिनेलगायतका कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : ०६ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको