‘किराले खायो भने चिसोमा दाँत धेरै दुख्छ’ | Khabarhub Khabarhub

‘किराले खायो भने चिसोमा दाँत धेरै दुख्छ’

‘भरेको दाँत अब केही हुँदैन भन्नु हुँदैन’


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा भित्रको भाग डेन्टिन हो। सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ। विभिन्न कारणबस इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ–सिरिङ हुन्छ। एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले गर्दा अमिलो पानी आउँछ र इनामेल खियाउँछ। दाँत किराले खायो भने पनि सिरिङ–सिरिङ गर्ने समस्या आउँछ। यसै विषयमा आधारित भएर दन्त रोग विषेशज्ञ डा. ऋतु श्रेष्ठसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

चिसो मौसम बढेसँगै धेरैको दाँतमा समस्या देखापर्छ भनिन्छ। चिसो मौसम र दाँतको के सम्बन्ध हुन्छ ?
चिसो मौसममा गर्मीमा भन्दा धेरै बिरामी दाँत सिरिङ–सिरिङ भयो भनेर आउनु हुन्छ। चिसोले गर्दा भन्दा पनि चिसोमा हुने हावापानीको कारणले गर्दा दाँतमा धेरै समस्या देखिएको हो। जाडोमा हामीले प्रयोग गर्ने पानी र हावा धेरै नै चिसो हुन्छ र त्यो दाँतमा पर्दा दाँत खिएको वा किराले खाएको व्यक्तिमा सिरीङसिरीङ हुने हुन्छ। समस्या पहिला नै देखिएको हुन्छ तर जाडोमा चिसोले गर्दा धेरैले त्यो महसुस गर्छन्। चिसोमा धेरै किराले खाने भन्दा पनि महसुस धेरै हुने हो।

यो चिसो मौसममा सिरीङ सिरीङ बढी हुने हो कि अरू समस्या पनि छन् ?
चिसो मौसममा धेरै समस्या हुने होइन। महसुस चाहिँ धेरै हुने हो। चिसोमा हावा र पानी धेरै चिसो हुने हुँदा एकै पटक मुखमा राख्दा चिसो हुन्छ र सिरीङ सिरीङ हुने हुन्छ। भरेको दाँत छ भने त्यो भरेको सामान र हाम्रो दाँतबीच टुक्रिने र झर्ने हुन्छ। त्यो गर्मीमा धेरै हुँदैन किनभने दाँत र बाहिरको वातावरणबीचको टेम्प्रेचर ठिक्क हुन्छ, पानी पनि मनतातो नै हुन आउँछ। यो दाँतमा सिरीङ सिरीङ हुने ठूलो समस्या नै त होइन। तर धेरै नै सिरिङ–सिरिङ भयो भने चाहिँ के कारणले भएको भनेर एक पटक जँचाउँदा हुन्छ। जाँच गर्दा साधारण समस्या रहेछ भने कुनै साधारण दन्त मञ्जन प्रयोग गर्दा पनि निको हुने हुन्छ। त्यसैले के कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ।

सिरीङसिरीङ भएर पनि समयमा अस्पताल गएन भने यसले पछि कुनै समस्या निम्त्याउँछ कि ?
समस्या त निम्त्याउँछ, रोग भनेको सानोमा नै उपचार गर्दा राम्रो हुन्छ। रोग बढ्दै गएपछि भनेको जस्तो निको हुँदैन। सानो सिरिङ–सिरिङ भएको छ भने उपचार गर्दा किराले थोरै खाएको हुनसक्छ र साधारण भर्दा हुन्छ। तर, ढिलो भएर जरासम्म नै किराले खायो भने जरादेखि नै भर्नु पर्दछ। पैसा पनि धेरै खर्च हुन्छ समयको पनि खर्च हुन्छ र आफूलाई पनि धेरै गार्हो हुन्छ। त्यसैले दाँतको समस्या भनेको जति चाँडो उपचार भयो त्यति नै राम्रो हुन्छ। समस्या सामान्य हो या जटिल हो भनेर आफैले भन्न सकिँदैन त्यसैले समयमा नै उपचार गर्नु पर्दछ।

दाँतमा सिमेन्ट भर्दा धेरै समस्या देखा पर्दछ भन्ने धारण छ यो कतिको सत्य छ ?
सिमेन्ट भरेर समस्या देखिन्छ भन्दा पनि हामीले बिग्रेको दाँतलाई उपचार गरेको हो कि त्यसलाई निकालेर फल्नु पर्यो भनेर प्रष्ट थाहा हुनुपर्छ। हामीले जति नै गरे पनि किराले खाएको दाँतलाई पहिलाको जस्तो नै त बनाउन सक्दैनौँ। सिमेन्ट भरेपछि फेरि किरा लाग्दैन भन्न सकिँदैन। राम्रोसँग सफा गरेन भने धरै कडा खानाहरू खायो भने फेरि पनि किरा लाग्न सक्छ। त्यसैले ख्याल गर्नु पर्दछ। आफ्नो पहिलाको प्राकृतिक दाँतमा त किरा लाग्छ भने भरेकोमा पनि लाग्न सक्छ। त्यसैले एक पटक भरेको दाँत अब केही हुँदैन भन्नु हुँदैन।

यो मौसममा कस्तो लापरबाही गरेमा दाँतको समस्या बढ्छ ?
लापरबाहीले नै समस्या बढ्ने हो। दाँतमा कुनै समस्या आयो लक्षण आयो भने त्यो आफै निको भएर जाँदैन। शरीरको कुनै अंगमा लागेका कतिपय रोग आफै निको भएर जान्छन्। तर, दाँतमा त्यस्तो हुँदैन, एक पटक किराले खाएको दाँत कि त भर्नै पर्यो कि त फल्नै पर्यो। त्यसैले दाँतको मामलामा लापरबाही गर्नु हुँदैन। हरेक ६ महिनामा दाँतको जाँच गर्यो भने पनि दाँतमा आउने धेरै समस्याबाट बच्न सकिन्छ। दाँतको ३ वटा तह हुन्छ। त्यसमा बाहिरको तहमा समस्या आयो भने कुनै दुखाई हुँदैन। तर, बाहिरको तह बिग्रिएर भित्र पुग्यो भने सिरिङ–सिरिङ हुने हुन्छ। दाँतमा सिरीङ सिरीङ भयो वा अरू केही समस्या आयो भने दाँतको पहिलो तह बिग्रियो भनेर बुझ्दा हुन्छ।

दाँतमा कुनै समस्या नआओस् भनेर बिहान उठेदेखि बेलुकासम्म के के कुरामा ध्यान दिने ?
दाँतको हेरचाह गर्ने भनेको दाँत सबैले राति सुत्नु भन्दा अगाडि मोलेर मात्र सुत्ने र बिहान कुल्ला मात्र गर्ने र नास्ता खाएपछि मात्र दाँत माझ्ने। दाँतको भित्र बाहिर र चबाउने तिन तिर राम्रोसँग दाँत माझ्ने, दुई दाँतको बीचको भागमा ब्रसले गरेर सफा हुँदैन, त्यसको लागि बजारमा एउटा धागो जस्तो पाउँछ त्यो दिनमा एक पटक प्रयोग गर्ने। खाना आँखा पनि धेरै गुलियो खाना नखाने, खानै परे मिलाएर खाने धेरै साह्रो खाना नखाने, बीचबीचमा धेरै नखाने। खाना खाएपछि बीचबीचमा कुल्ला गर्ने, पानी खाने, बिस्कुटहरू टाँसिने खाना नदिने, बच्चालाई दूध खुवाएपछि कुला गर्न लगाउने।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ७ : ११ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा