आजको मौसम : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना « Khabarhub

आजको मौसम : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हिमपात हुने अनुमान गरिएको छ।

महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन भनेको छ। तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न पनि भनिएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ६ : ४८ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४