जलवायु सम्मेलन, निजी विमान र असन्तुष्टि | Khabarhub Khabarhub

जलवायु सम्मेलन, निजी विमान र असन्तुष्टि


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

इजिप्टको सार्म अल सेखमा जारी संयुक्त राष्ट्र सङ्घको जलवायु सम्मेलनमा जेट विमान चढेर पुग्ने अधिकारीको तीव्र विरोध भएको छ। सम्मेलन सुरु हुने एक दिन अगाडि आर्मस्ड्रमको स्चीपाल एयरपोर्टबाट त्यसतर्फ जान आटेको विमानका अगाडि सयौँ प्रदर्शनकारी उभिएर विरोध प्रदर्शन गरे। उनीहरूले विमान कुद्ने स्थानमा साइकल चढेर विमान अगाडि बढ्नमा अवरोध गरेका थिए।

चारदेखि छ नोभेम्बरको बीचमा सार्म अल सेखमा ३६ निजी जेट अवतरण भएका छन्। कायरोमा ६४ विमान थिए। यी मध्ये २४ वटा कायरोबाट आएका थिए। कोप–२७ आयोजक कमिटीले सम्मेलनका प्रतिनिधिले दुई मध्य कुनै पनि एयरपोर्ट प्रयोग गर्न सक्ने जनाएको छ। कायरो पुगेका निजी विमानमध्ये ९ वटा बेलायतबाट पुगेका थिए। अन्य विमान इटाली, फ्रान्स र नेदरल्यान्ड्स लगायत युरोपेली देशबाट पुगेका थिए।

अमेरिकाबाट दुई निजी जेट विमान त्यहाँ पुगेका छन्। एउटा एटलान्टाबाट तथा अर्को वासिङ्टनबाट त्यहाँ पुगेका हुन्। फ्लाइट राडर–२४ का अनुसार तालिकामा भएको केही विमानको डाटा प्राप्त नभई सकेको सम्भावना व्यक्त गरिएको छ।

अहिले अभियन्ताले आलोचना गरे पनि ग्लास्गोमा भएको सम्मेलनमा भन्दा कायरोमा भएको सम्मेलनमा कम सङ्ख्यामा निजी विमान त्यहाँ पुगेका छन्। सार्म एल सेखको सम्मेलनमा कम सङ्ख्यामा विश्वस्तरीय नेताको उपस्थिति हुने भएकाले पनि जेट विमानको सङ्ख्या कम भएको हुन सक्छ।

अमेरिकाबाट दुई निजी जेट विमान त्यहाँ पुगेका छन्। एउटा एटलान्टाबाट तथा अर्को वासिङ्टनबाट त्यहाँ पुगेका हुन्। फ्लाइट राडर–२४ का अनुसार तालिकामा भएको केही विमानको डाटा प्राप्त नभई सकेको सम्भावना व्यक्त गरिएको छ।

यसरी धेरै जना निजी जेटमा यात्रा गर्दा आलोचना हुनुको मुख्य कारण विमान उड्दा कार्बन उत्सर्जन हुने भएकाले हो। यसमा प्रयोग हुने इन्धन जलेर कार्बन डाई अक्साइडको निर्माण हुन्छ। अन्य कुनै यातायातको साधनले भन्दा यसले एकदमै छिटो कार्बन डाइअक्साइडको उत्पादन गर्छ। उत्पादन हुने कार्बन डाइअक्साइडको मात्रा भने विमानको आधार, इन्जिनको प्रभावकारिता र यसले बोक्ने यात्रु सङ्ख्यमा निर्भर हुन्छ।

कमर्सियल उडानले भन्दा निजी जेटले प्रतिव्यक्ति धेरै मात्रामा कार्बन उत्सर्जन गर्ने गर्छ। निजी जेट पनि धेरै किसिमका हुन्छन्। तर, इजिप्टको सम्मेलनको पूर्व सन्ध्यामा धेरै चलेका विमान भने गल्फस्ट्रिम जी ६५० हो। यसले प्रतिघण्टा १ हजार ८ सय ९३ लिटर इन्धन खपत गर्छ। आर्मस्ड्रममा भएको जेट इजिप्टको सम्मेलन स्थलमा पुग्दा पाँच घण्टा समय लाग्छ। यस पाँच घण्टामा ९ हजार ४ सय ६५ लिटर इन्धन खर्च हुने रहेछ।

त्यहाँको डिपार्टमेन्ट अफ बीजीनेस इनर्जी एन्ड इन्डस्ट्रीयल स्ट्रेटेजी (बीइआईएस)ले जनाए अनुसार एक लिटर इन्धन बल्दा ५ दशमलव ५ पाउन्ड कार्बन उत्सर्जन हुन्छ। यस उडानले २३ दशमलव ९ टन कार्बन उत्सर्जन भएको छ। हिसाब यत्तिमा मात्र सीमित छैन।

माथिल्लो उचाइमा उडान हुँदा कार्बनसहित अन्य पदार्थको उत्सर्जनबाट पनि वातावरणबाट क्षति हुन्छ। त्यो क्षति सहितको हिसाब गर्दा ४५ दशमलव ३ टन कार्बनडाइअक्साइड उत्पादन भए बराबरको प्रतिकुल असर एक विमानबाट हुन्छ । १५ जनाले तीन टनको दरले वातावरणमा प्रभाव पार्ने रहेछन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइसीएओ)ले जनाए अनुसार कोप–२७ का प्रतिनिधिले निजी जेटको साटो व्यावसायिक विमान, यसमा प्रिमियम क्लासलाई प्रयोग गर्ने हो भने उत्सर्जनमा आधा कमी हुन्छ।

माथिल्लो उचाइमा उडान हुँदा कार्बनसहित अन्य पदार्थको उत्सर्जनबाट पनि वातावरणबाट क्षति हुन्छ। त्यो क्षति सहितको हिसाब गर्दा ४५ दशमलव ३ टन कार्बनडाइअक्साइड उत्पादन भए बराबरको प्रतिकुल असर एक विमानबाट हुन्छ।

व्यावसायिक विमानले प्रतिघण्टा निजी जेटले भन्दा बढी कार्बन उत्सर्जन गर्छ। एकै पटक धेरै यात्रु बोक्ने भएका कारण प्रति व्यक्ति कार्बन डाइअक्साइडको उत्पादन भने कम हुने गरेको छ।
एयरबस ए ३३० एमआरटीटीको भर्सनको आरएएफ भोयजर एयरक्राफ्टमा बेलायती प्रधानमन्त्री र विदेश सचिव त्यहाँ पुगेका हुन्।

एयरबस कै अनुसार एक घण्टाको यात्रामा पाँचदेखि ५.५ टन इन्धन खपत हुन्छ। कुन उचाइमा यात्रा गरेको तथा कत्ति कार्गो प्रयोग भएको भन्ने कुराले पनि इन्धनको मात्रा निर्धारण भएको हुन्छ।

बेलयातकै सार्म अल सेखमा यात्रा गर्दा ७९ देखि ८७ टन कार्बन डाइअक्साइड उत्पन्न हुन्छ। बीईआईएस मल्टीपायर टुल्सको अनुसार यो १ सय ५० देखि १ सय ६० टन बराबरको कार्बन उत्पादन भए बराबरको क्षति हो। बेलायतबाट इजिप्टको सम्मेलन केन्द्रमा पुग्ने विमानमा रहने मानिसको सङ्ख्या धेरै रहेको छैन। यो हिसाब गर्दा प्रति व्यक्ति कार्बन उत्सर्जनको मात्रा एकदमै बढी हुन्छ।

बेलायती सरकारकै दाबी त्यहाँका अधिकारी धेरै कार्बन उत्सर्जन नहुने विमानमा गएका छन्। कार्बन उत्सर्जन कम गराउने हेतुले विमानको छनोट गरिएको दाबीसमेत सरकारी पक्षको छ।
अहिले सरोकारवाला तथा संसारका प्रबुद्ध नेता निजी विमानमा सम्मेलनमा गएर वातावरणमा प्रतिकुल असर पारेकोमा आक्रोशित देखिन थालेका छन्। यसले संसारमा नै अत्यन्त गलत सन्देश गएको मत उनीहरूको छ।

व्यावसायिक विमानले प्रतिघण्टा निजी जेटले भन्दा बढी कार्बन उत्सर्जन गर्छ। एकै पटक धेरै यात्रु बोक्ने भएका कारण प्रति व्यक्ति कार्बन डाइअक्साइडको उत्पादन भने कम हुने गरेको छ।

अहिले संसारमा नै जलवायु परिवर्तनमा नेतृत्वले सही र प्रभावकारी ढङ्गले काम गर्न नसकेको गुनासो चलेको छ। धेरै युवा नेतृत्व सुस्त रहेका कारण आफ्नो पुस्ताको भविष्य नै जोखिममा परेको बताउँछन्। यस अगाडि ग्लास्गो सम्मेलनमा पनि युवाको यस्तै खालको आक्रोश थियो। त्यस समयमा कोभिड महामारी भर्खर सकिएको थियो। संसारका धेरै देशमा कोभिड प्रोटोकल लागू थियो। यसका बाबजुद त्यही उपस्थित भएर प्रदर्शन गरेका थिए।

यो वर्ष सम्मेलनको समयमा केही एसियाली देश भन्दाबाहेक अन्य धेरैले कोभिडको प्रोटोकल हटाइ सकेका छन्। यसका बाबजुद गत वर्षको जस्तो विरोध प्रदर्शन भएको छैन। यसको कारण यो होइन कि गत वर्ष असन्तुष्ट रहेको युवा पुस्ता अहिले सन्तुष्ट भइसकेको छ। नेतृत्वप्रति विश्वास नै हट्दै गएका कारण पछिल्ला पुस्ता आजित भएर विद्रोहको स्वरूपलाई फेरेका छन्। आफ्ना धारणा विभिन्न माध्यमबाट राख्न थालेका छन्।

यसरी विरोध नहुनुका थप कारण पनि छन्। इजिप्टमा सार्वजनिक स्थलमा विरोध प्रदर्शन वर्जित छ। यस खाले विरोध प्रदर्शनले राजनीतिक अस्थिरता निम्त्याउने त्यहाँको सरकारको ठहर छ। इजरायल तर्फको सीमालाई अझ कडा बनाइएको छ। अन्य सीमामा पनि विशेष ध्यान दिइएको छ।

इजिप्टका मानव अधिकारकर्मी तथा परिचित अभियन्ता होसाम भगतले प्रदर्शनकारी चुपचाप रहे पनि हरेक निर्णयलाई ध्यान दिएर हेरेको बताउँछन्। उनकै विचारमा पनि सम्मेलनले सबै नीति लिएपछि संसारका धेरै अभियन्ताले आफ्नो धारणा राख्न सक्छन्।

सार्वजनिक स्थलमा प्रदर्शन बन्देज भएको इजिप्टमा यस पटक प्रदर्शनकारी धेरै पुग्ने सम्भावना त्यसै पनि कम थियो। इजिप्टका होटेलका मूल्य पनि अत्यन्त महँगो भएका कारण उनीहरू त्यहाँ पुग्ने सम्भावना कम भएको हो।

इजिप्टले यो सम्मेलनका लागि गैरसरकारी संस्थालाई सक्रिय बनाएको छ। यो वर्ष मात्र ३४ वटा एनजिओ थपिएका छन्। यो कार्य सकारात्मक भए पनि यसका लागि जनस्तरबाट कार्यक्रमको छनोट नगरी सरकार आफैले छनोट गरेकाले असन्तुष्टि भने रहेको छ। त्यहाँको सम्मेलनको नेतृत्व गरिरहेका अधिकारी भने राष्ट्र संघले तय गरेको मापदण्ड अनुसार नै सबै भएको बताउँछन्।

सार्वजनिक स्थलमा प्रदर्शन बन्देज भएको इजिप्टमा यस पटक प्रदर्शनकारी धेरै पुग्ने सम्भावना त्यसै पनि कम थियो। इजिप्टका होटेलका मूल्य पनि अत्यन्त महँगो भएका कारण उनीहरू त्यहाँ पुग्ने सम्भावना कम भएको हो।

बाहिर हेर्दा विरोध प्रदर्शन कम भए पनि यो असन्तुष्टि भने सल्किएको देखिन्छ। जसको असर संसारका प्रबुद्ध व्यक्तिले निजी विमान चढेको सम्ममा छ। आशा गरौँ सम्मेलनकै समयमा उठेका यी आवाजपछि जलवायु सम्मेलनमा संसारका शीर्ष नेतृत्व थप सावधान हुनेछ। श्रोत : बीबीसी, युरो न्युज

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ८ : ३७ बजे

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी