बिच भलिबल प्रतियोगिताका लागि आठ खेलाडी छनोट « Khabarhub

बिच भलिबल प्रतियोगिताका लागि आठ खेलाडी छनोट


२४ कार्तिक २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल भलिबल संघ (एनभिए) ले बंगलादेशमा आयोजना हुने बिच भलिबलको खुला छनोट पूरा गरेको छ। एनभिएले कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालय परिसरमा रहेको कोर्टमा खुला छनोट गरेको हो।

छनोटमा  विजेता र उपविजेता भएका महिला तथा पुरुष दुवै टोलीलाई बन्द प्रशिक्षणमा राख्ने एनभिएले जनाएको छ। प्रतियोगिताका लागि ढाका प्रस्थान गर्नु अघि मात्रै एक-एक टोलीको टुङ्गो लाग्नेछ।

छनोटमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी पहिलो भएको थियो। एपिएफ क्लबका राजकुमार निरौला र लक्ष्मण राना दोस्रो भएका थिए।

महिलातर्फ नेपाल पुलिस क्लबका कोपिला उप्रेती र कमला पुनको जोडी पहिलो भएका थिए भने एपिएफ क्लबका निरुता थगुन्ना र रेश्मा भण्डारीको जोडी दोस्रो भए।

बिच भलिबल डिसेम्बर २६ देखि ३१ सम्म ढाकामा हुँदैछ। बिच भलिबलमा  सहभागी हुन अफगानिस्तान, अस्ट्रेलिया, भुटान, चिन, भारत, इरान, ताजकिस्तान, कीर्गिस्तान, माल्दिभ्स, मलेसिया, नेपाल, पाकिस्तान, सिंगापुर, श्रीलंका, ताजकिस्तान, थाइल्यान्ड, तुर्कमिनिस्तान, युएई र उज्वेकिस्तानलाई निमन्त्रणा गरिएको छ। प्रतियोगितामा सहभागी जनाउने सबै टोलीको टुङ्गो भने लागिसकेको छैन।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ९ : १६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया