अवैध लागूऔषध सहित नौ जना पक्राउ | Khabarhub Khabarhub

अवैध लागूऔषध सहित नौ जना पक्राउ


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको भजनी नगरपालिका-३ कुसुमघाटबाट दुई ग्राम खैरो हेरोइनसहित जोशीपुर गाउँपालिका-२ बडरिया बस्ने २३ वर्षीय रोहन मिश्रलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।कास्कीको पोखरा महानगरपालिका-२७ अर्घौ चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ३२ एम्पुल, फेनारगन ३२ एम्पुल, डाइजेपाम ३२ एम्पुल र नगद १२ हजार रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही महानगरपालिका-३० तावामुख बस्ने ३५ वर्षीय हेमन्त थापा मगर छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.१७ प ५७७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी स्कुटर चालक हेमन्तलाई पक्राउ गरेको हो ।

बझाङको जयपृथ्वी नगरपालिका-७ सुबेडा घर भएका ५४ वर्षीया जगु गिरीलाई ४६० ग्राम चरेशसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।उनले लागूऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट ३१२ ग्राम ब्राउनसुगर सहित सुन्दरहरैचा नगरपालिका-१० बस्ने २४  वर्षीय सौगात राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित  पक्राउ गरेको हो । झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल छेउबाट ३ ग्राम ६ सय ६० मिलिग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका-१३ चारआली बस्ने २३ वर्षीय सन्दीप गौतम समेत दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५९ एम्पुल, फेनारगन ५९ एम्पुल र  नुर्फिन ६० एम्पुल सहित व्यास नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८५९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो ।

पर्साको वीरगन्ज महानगरपालिका-१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ हजार ३ सय ९८ पिससहित ललितपुर महानगरपालिका-१४ बस्ने ४४ वर्षीय रमेश चित्रकार र उनकी श्रीमती ३० वर्षीया मिना घलेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।


प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १ : ३९ बजे

तराईमा खडेरी सङ्कट, सिंहदरबारमै थुप्रियो बजेट !

काठमाडौँ – अन्न भण्डार तराईले मध्य मनसुनमा सुख्खा खडेरी भोगिरहँदा

मधेशका सुक्खाग्रस्त क्षेत्रमा बेलायती संस्थाले सहयोग गर्ने

जनकपुर– मधेश प्रदेशलाई विपद् सङ्कट ग्रस्त क्षेत्र घोषणा गरी सरकारले राहत

प्रतिबन्धित एमइके समूहसँग सम्बन्ध राखेको आरोपमा दुई इरानीलाई मृत्युदण्ड

तेहरान- निर्वासित विपक्षी पिपुल्स मुजाहिद्दीन अफ इरान (एमइके) का लागि

मिनिबसको ठक्करबाट युवकले ज्यान गुमाएको २० वर्षपछि समातिए चालक

काठमाडौं- काठमाडौंको तिलगंगास्थित आँखा अस्पतालनजिकको सडकमा २०६२ भदौ २५ गते