‘गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता’ « Khabarhub

‘गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता’


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता भएको बताएका छन् । लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ कार्यसमितिले आज यहाँ आयोजना कार्यक्रममा नेता पौडेलले देश र जनताप्रति समर्पित नेता सिंह भएको बताएका हुन् । 

‘गणेशमान सिंह पार्टीको सभापति र प्रधानमन्त्री भएनन् तर उनको राजनीतिक उचाइ पार्टी सभापति र प्रधानमन्त्री हुने व्यक्तिकोभन्दा बढी छ’, उनले भने। उनले गणेशमान सिंहको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन नसकेकामा गुनासो गरे ।

लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मुलुकको परिवर्तन र नागरिक अधिकारका लागि निष्ठापूर्वक लड्ने गणेशमान सिंहको योगदानबारे भावी पुस्तालाई बुझाउनुपर्ने बताए । नेता पौडेलले प्रधानमन्त्री पद प्राप्त गर्दासमेत प्रधानमन्त्री नबन्ने गणेशमान सिंहको बाटोमा नेपाली राजनीतिलाई लैजान सकेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  २ : २४ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका