‘चुनाव भनेको व्यक्ति चुन्ने मात्र होइन, देशको भविष्य चुन्नु हो’ « Khabarhub

‘चुनाव भनेको व्यक्ति चुन्ने मात्र होइन, देशको भविष्य चुन्नु हो’


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव भनेको एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको बताएका छन्। सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चुनाव भनेको देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताएका हुन्।

आगामी मंसिर ४ को निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रव्यूहबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने उनले बताए । निर्वाचनले देश र जनताका भविष्य बनाउने भएकाले आसन्न निर्वाचनलाई गम्भीर रुपमा लिन आग्रह पनि गरेका छन् ।

तीन दशकदेखि बहुदलीय व्यवस्था आएपछि देश ठूला भनिएका पार्टी र नेताहरूको बन्धकमा परेको आरोपसमेत लगाए । तीन दशक अर्थात् एउटा युग कांग्रेस र कम्युनिष्टले खेर फालेको आरोप लगाउँदै सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणाले गरेको विकासको स्मरण गराए।

सोही चुनावी सभालाई सम्बोधन गर्दे राप्रपाका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक, झापा मात्र नभई छोरा राजेन्द्र लिङदेनसँगै संसद्‌मा पुगेर सुनौलो देश निर्माणको लागि खबरदारी गर्ने बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  २ : २८ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका