टि- २० विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्याण्ड विजयी, भारत १० विकेटले पराजित | Khabarhub Khabarhub

टि- २० विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्याण्ड विजयी, भारत १० विकेटले पराजित


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अष्ट्रेलियामा जारी आईसीसी टि–२० विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा इङ्ग्ल्याण्डले भारतलाई पराजित गरेको छ । एडिलेड ओभलमा भएको खेलमा इङ्ग्ल्याण्डसँग भारत १० विकेटले पराजित भएको हो ।

इङ्ग्ल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिलो इनिङ्समा भारतले १६८ रन जोडेको थियो । १६९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको इङ्ग्ल्याण्डले १६ औँ ओभरमा कुनै विकेट नगुमाइ १७० रन बनायो ।

इङ्ग्ल्याण्डका लागि एलेक्स हेल्सले ४७ बलमा सर्वाधिक ८६ रन बनाए । उनले ४ चौका र ७ छक्का प्रहार गरेका थिए । त्यस्तै, उनका साझेदार जोस बट्लरले ४९ बलमा ८० रन जोडे । उनले ९ चौका र ३ छक्का हानेका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ६३ रन बनाएका थिए । त्यस्तै, विराट कोहलीले ५० रन जोडे । इङ्ग्ल्याण्डका लागि क्रिस जोर्डनले ३ विकेट लिएका थिए ।

यससँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको छ । फाइनलमा इङ्ग्ल्याण्डले आइतबार पाकिस्तानको सामना गर्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ५ : ०३ बजे

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम