एकीकृत विकासको अवधारणाअनुसार काम गर्छु : विद्या भट्टराई « Khabarhub

एकीकृत विकासको अवधारणाअनुसार काम गर्छु : विद्या भट्टराई


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

पोखरा– आसन्न मङ्सिर ४ को आम निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराईले स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै एकीकृत विकासको अवधारणाअनुरूप काम गर्ने बताएकी छिन् ।

निर्वाचन अभियानका क्रममा पोखरा महानगरपालिका वडा नं ३३ पुगेकी भट्टराईले मतदाताको चाहना स्थानीयको आवश्यकतालाई प्राथमिकीकरण गरेर योजनाबद्ध एकीकृत विकासको अवधारणालाई साकार पार्ने बताएकी हुन् ।

पूर्वमन्त्री स्व रवीन्द्र अधिकारीको जन्मथलो रहेको भरतपोखरीका जनताले संघीय र प्रदेशका दुवै प्रत्यक्षका उम्मेदवार आफ्नै वडाले पाउनु ऐतिहासिक रहेको जनाउँदै यो महत्वपूर्ण अवसरलाई सही सदुपयोग गरेर मतदाताको मन जित्नसमेत सुझाव दिएका छन् । 

स्थानीयले विसं २०६६ मा पर्यटन क्षेत्रका रूपमा घोषणा गरेको उक्त क्षेत्रमा पर्यटकीय विकासको थप काम प्रतिवद्धतापत्रमा समावेश भएको र अब त्यसको कार्यान्वयनका लागि तदारुकता देखाउन आग्रह गरेका थिए । 

सो अवसरमा उम्मेदवार भट्टराईले यसअघि आफू सांसद हुँदा भएका विकास निर्माणको जानकारी गराएकी थिइन् । त्यसैगरी कास्की-२ ९१० प्रदेशसभा सदस्य पदका उम्मेदवार भीमबहादुर कार्कीले पोखरा महानगरका वडामा पर्ने वरपरका डाडाँलाई महानगरीय विकासको अवधारणाअनुसार विभिन्न मोडलमा विकास गर्ने भन्दै पोखरा-३३ र २१ लाई ‘ग्रिन हिल सिटी’का रूपमा विकासको योजना रहेको बताइन् ।

उनले एमाले नेतृत्वको प्रदेश सरकारको पालामा निर्माण प्रक्रिया थालनी भएको अन्तर्राष्ट्रिय क्रिकेट मैदान र औद्योगिक क्षेत्रका स्थानीयको  माग  व्यवस्थापन गरेर मात्रै  निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ७ : ५१ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका