नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा « Khabarhub

नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना कतार विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार राति भएको खेलको निर्धारित र अतिरिक्त समयमा २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले गोल गरे। उसका लागि एन्जो फर्नान्डेज पेनाल्टीमा चुके।

नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे पनि भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके।

रोचक बनेको खेलमा २-० को अग्रता गुमाएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो। उसका लागि नहुएल मोलिनाले गोल गरेका थिए। यो उनको विश्वकपकै पहिलो गोल हो। उनलाई मेस्सीले पास मिलाएका थिए।

खेलको ७३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेसीले दोस्रो गोल गरेका थिए। मेस्सीको गोलसँगै अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो।

खेलको ८३ औं मिनेटमा नेदरल्यान्ड्सका वोउट वेघोर्स्टले गोल गर्दै खेललाई २-१ मा फर्काएका थिए। खेलको इन्जुरी समयमा उनै वेघोस्र्टले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा फर्काएका हुन्।

निर्धारित समयमा २-२ को बराबरी भएपछि थपिएको ३० मिनेटमासमेत गोल हुन सकेन। त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेर सकिएको हो।

उता ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा पुगिसकेको छ। अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ। शुक्रबारको खेलसँगै ब्राजिल र नेदरल्यान्ड्स भने विश्वकपबाट बाहिरिएका छन्।

 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ६ : २५ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई