कतार विश्वकप : ९७४ रंगशाला भत्काउन सुरु  « Khabarhub

कतार विश्वकप : ९७४ रंगशाला भत्काउन सुरु 


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

दोहा – कतार विश्वकप २०२२ का लागि तयार गरिएको अस्थायी रंगशाला ९७४ भत्काउने काम सुरु गरिएको छ। विश्वकपकै लागि मात्र निर्माण गरिएको स्टेडियम ९७४ पूर्ण रुपमा भत्काइने भएको हो।

कतार विश्वकपमा आफ्नो पहिलो खेल आयोजना गरेको दुई सातापछि, ब्राजिल र दक्षिण कोरियाबीचको राउण्ड अफ १६ नकआउट खेलपछि यो स्टेडियम गत सोमबारदेखि बन्द भएको थियो।

एक रिपोर्टका अनुसार भत्किएको रंगशाला उरुग्वेमा सन् २०३० को विश्वकपका लागि पुनर्निर्माण गरिने बताइएको छ। ढुवानी कन्टेनर र मोड्युलर स्टिलबाट पूर्ण रूपमा निर्माण गरिएको थियो।

बन्दरगाह क्षेत्रमा अवस्थित र दोहाको तटीय सहरको दृश्यमा, स्टेडियम ९७४ मा फ्यानहरूले अरबी खाडीबाट भित्रिने चिसो हावाको अनुभव समेत गरेका थिए। प्रतियोगिता पछि, कन्टेनर र सुपर-स्ट्रक्चर पुनः प्रयोग गरिनेछ।

स्टेडियम ९७४ करिब ४० हजार दर्शक क्षमताको रहेको थियो। यस रंगशाला ९७४ वटा शिपिङ कन्टेनर प्रयोग गरेर निर्माण गरिएको थियो।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : २५ बजे

प्रधानमन्त्री शाह सवार विमान इन्दिरा गान्धी विमानस्थलमा अवतरण

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्लीस्थित

विश्वमै सबैभन्दा धेरै हेरिएको उडान बन्यो बालेन चढेको जहाज : ९ हजार बढीले हेरे प्रत्यक्ष

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको राजकीय भ्रमणका लागि

एसिया कप राइजिङ स्टार्स यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौँ– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा

बालेन दिल्ली उडेको जहाजमा विश्वभरका प्रयोगकर्ताको चासो, ‘फ्लाइट राडार’ मा बन्यो नम्बर एक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको राजकीय भ्रमणका लागि

दिल्ली उडे प्रधानमन्त्री बालेन (फोटो फिचर)

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि