विश्वकपबाट बाहिरिएपछि नेयमारले नखेल्ने संकेत « Khabarhub

विश्वकपबाट बाहिरिएपछि नेयमारले नखेल्ने संकेत


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा जारी फिफा बिश्वकपबाट बाहिरिएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले विश्वकप २०२२ मा आफ्नो देशका लागि अब खेल नखेल्ने संकेत गरेका छन्।

क्रोएसियासँग पराजित भएपछि उनले भने, ‘अहिले भर्खरै खेलसकेको र धेरै गर्मीका कारण सबै कुरा गर्नु खराब छ। अहिले मैले केहि सोचिरहेको छैन। ब्राजिलका लागि यो खेल नै अन्त्य हो भनेर भन्नु आफैं हतार हुनेछ। तर म पनि केहि ग्यारेन्टी गर्दिन।’

‘म यसबारे सोच्न यो समय लिन चाहन्छु, म आफ्नो लागि के चाहन्छु भनेर सोच्न चाहन्छु। म ब्राजिलसँग खेल्ने ढोका बन्द गर्दिन, नत म शतप्रतिशत भन्छु म फर्कन्छु,’ उनले थपे।
अतिरिक्त समयमा पहिलो हाफमा क्रोएसियाविरुद्ध नेयमारले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए पनि समय सकिन तीन मिनेट बाँकी रहँदा क्रोएसियाले पेनाल्टी सुटआउटमा बराबरी खेलेको थियो। गएराति ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४-२ ले हराएको थियो।

विश्वकपबाट बाहिरिएपछि ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिइसकेका छन्। ६१ वर्षीय प्रशिक्षक २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। टिटेको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो। उनको नेतृत्वमा ब्राजिलले ८१ खेल खेल्दा ६० खेल जितेको छ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : ४० बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १