अलैँचीको मूल्यमा गिरावट | Khabarhub Khabarhub

अलैँचीको मूल्यमा गिरावट


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– अलैँचीको मूल्यमा गिरावट आएको छ । एक हप्ताअघि सम्म झापाको बिर्तामोडमा प्रतिमन २६ हजारका दरले अलैँचीको कारोबार भएकामा अहिले २४ हजारमा झरेको छ । यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजारका दरले समेत कारोबार भएको थियो । क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको अलैँची व्यवसायीले बताएका छन् । 

यो वर्ष अलैँचीको माग न्यून भएकाले पनि मूल्य बढ्न नसकेको अलैँची व्यवसायी नरेन्द्र तिवारीले बताए । पछिल्लो समय अलैँचीको उत्पादनमा वृद्धि भएको तर माग न्यून भएकाले मूल्य नबढेको उनको तर्क छ । उनले यस वर्ष झन्डै चार सय मन अलैँची जम्मा गरेका छन् । जसमध्ये आधा जसो २९ हजारका दरले किसानबाट लिइसकेका छन्। बजार र मूल्य नभएपछि सबै अलैँची गोदाममै थन्क्याएर राखेको उनले बताए ।

यता किसानले समेत मूल्य पर्खिएर बसेका छन् । आफूले उत्पादन गरेको अलैँची साहुलाई जिम्मा लगाए पनि मूल्य बढ्ला भनेर भाउ काटेका छैनन् । मूल्य तलमाथि भइरहने भएकाले अन्योल हुने गरेको सिरीजङ्घा-७ खेवाङका किसान राजकुमार भट्टराईले बताए । अलैँचीको बजारका लागि भारतकै भर पर्नुपर्ने भएकाले ठूला व्यापारी पनि समस्यामा परेका छन् ।

गत वर्ष प्रतिमन रु ४८ हजारका दरले समेत कारोबार भएको थियो । त्यसयता क्रमिक रुपमा मूल्य घट्दै गइरहेको व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ३ : ५९ बजे

बङ्गलादेशलाई बेचिँदै नेपाली बिजुली, आगामी सातादेखि ४० मेगावाट निर्यात

काठमाडौं– अबको एक साताभित्रै नेपालले बङ्गलादेशलाई ४० मेगावाट बिजुली बेच्ने

सलमानपछि शाहरुखलाई पनि आयो मार्ने धम्की

मुम्बई- सलमान खानपछि भारतीय अभिनेता शाहरुख खानलाई पनि मार्ने धम्की

ट्रम्पको पुनरोदय – अब संसारमा के हुन्छ ?

एजेन्सी – डोनाल्ड ट्रम्प अमेरिकाका ४७औं राष्ट्रपति बन्दैछन् । अमेरिकाको

‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दो

मन्थली– वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि

‘ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने मौका’ 

एजेन्सी – इरानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति