अलैँचीको मूल्यमा गिरावट « Khabarhub

अलैँचीको मूल्यमा गिरावट


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– अलैँचीको मूल्यमा गिरावट आएको छ । एक हप्ताअघि सम्म झापाको बिर्तामोडमा प्रतिमन २६ हजारका दरले अलैँचीको कारोबार भएकामा अहिले २४ हजारमा झरेको छ । यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजारका दरले समेत कारोबार भएको थियो । क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको अलैँची व्यवसायीले बताएका छन् । 

यो वर्ष अलैँचीको माग न्यून भएकाले पनि मूल्य बढ्न नसकेको अलैँची व्यवसायी नरेन्द्र तिवारीले बताए । पछिल्लो समय अलैँचीको उत्पादनमा वृद्धि भएको तर माग न्यून भएकाले मूल्य नबढेको उनको तर्क छ । उनले यस वर्ष झन्डै चार सय मन अलैँची जम्मा गरेका छन् । जसमध्ये आधा जसो २९ हजारका दरले किसानबाट लिइसकेका छन्। बजार र मूल्य नभएपछि सबै अलैँची गोदाममै थन्क्याएर राखेको उनले बताए ।

यता किसानले समेत मूल्य पर्खिएर बसेका छन् । आफूले उत्पादन गरेको अलैँची साहुलाई जिम्मा लगाए पनि मूल्य बढ्ला भनेर भाउ काटेका छैनन् । मूल्य तलमाथि भइरहने भएकाले अन्योल हुने गरेको सिरीजङ्घा-७ खेवाङका किसान राजकुमार भट्टराईले बताए । अलैँचीको बजारका लागि भारतकै भर पर्नुपर्ने भएकाले ठूला व्यापारी पनि समस्यामा परेका छन् ।

गत वर्ष प्रतिमन रु ४८ हजारका दरले समेत कारोबार भएको थियो । त्यसयता क्रमिक रुपमा मूल्य घट्दै गइरहेको व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ३ : ५९ बजे

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण

ट्राफिक कारबाहीबाट १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन २ हजार ५१९ सवारीचालकलाई सवारी