बुद्धिसागरको ‘एक्लो’ लोकार्पण | Khabarhub Khabarhub

बुद्धिसागरको ‘एक्लो’ लोकार्पण


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुद्धिसागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरे । 

पुस्तक सार्वजनिक भएपछि लेखक बुद्धिसागरले आफू निकै भावुक भएको बताएका थिए । ‘बिहान उठ्दा एकदमै आत्मविश्वासी थिएँ । तर बाटोमा आउँदा आउँदै डर लाग्न थाल्यो । प्रज्ञा प्रतिष्ठानको गेटमा आइपुग्दासम्म खुट्टा नै काँपेको महसुस भयो,’ उनले भने ।

‘एउटा लेखक २/४ वर्ष साथीहरूको सर्कलबाट काटिन्छ । ऊ भीड छाडेर एकान्तको खोजीमा भौँतारिन्छ । तर होहल्ला मच्चाइरहेको आफ्नो मस्तिष्कले आजित हुन्छ । एउटा लेखक वर्षौसम्म पात्रहरू बोकेर किन हिँडिरहन्छ ?,’ उनले थपे, ‘उत्तर धेरै भए पनि एउटा कुरा पक्का हो, ऊ उस्तै तर अरुभन्दा अलिकति फरक, अरुभन्दा अलिकति भिन्न कथा भन्न चाहन्छ । खोज्न चाहन्छ ती मानिस, जो उस्तै सोच र नजरिया राख्छन् । मैले पहिले कतै भनेको छु, संसारमा उस्तै अनुहार भएको अर्को मानिस खोज्ने एप आइसकेका छन् । तर पुस्तक मात्र एउटा यस्तो एप हो, जसले उस्तै भावना भएको अर्को मानिसलाई खोज्न सक्छ ।’

बुद्धिसागरले पाठकसँग भेटिनु आफ्ना लागि लेखनको ऊर्जा रहेको पनि उल्लेख गरे । लेखकले कथा कल्पिँदा पाठकले पात्र पाउने र पाठकहरूले कथा पढ्दा लेखकले अनेक अनुभूति पाउने उनको भनाइ छ । ‘यो लेनदेन चलिरहन्छ र मेरा लागि यो संसारकै मीठो लेनदेन हो, यो चलिरहोस्,’ उनले भने ।

को हुन् बुद्धिसागर ?

कैलालीमा जन्मिएका बुद्धिसागरको किशोरावस्था कालीकोटको मान्ममा बितेको हो । ०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका उनले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका छन् । 

सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्राम (आयोवा) का मानार्थ फेलो रहेका उनको उपन्यास कर्नाली ब्लुजको अङ्ग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ । उनका ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यास एवम् ‘बुद्धिसागरका कविता फाइनप्रिन्ट’बाट प्रकाशित छन् । ‘एक्लो’ उपन्यास पनि फाइनप्रिन्टले नै प्रकाशन गरेको हो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : ४५ बजे

भारत–पाक ‘डगफाइट’ मा चिनियाँ जे १० भन्दा गतिलो हुँदाहुँदै फ्रान्सेली रफायल किन पराजित भयो ?

काठमाडौं- भारतले गत बुधबार पाकिस्तानमा सञ्चालन गरेको अपरेशन सिन्दुरका क्रममा

उपेन्द्रले थाले ‘जारी-२’ सुटिङ, दशैंमै प्रदर्शनमा ल्याउने तयारी

काठमाडौं – हिट फिल्म ‘जारी’को सिक्वेल ‘जारी–२’को छायाङ्कन सुरु भएको

शोभित बस्नेतले सके ‘पीआर’को सुटिङ, दर्शकले मन पराउनेमा ढुक्क

काठमाडौं – निर्देशक शोभित बस्नेतले फिल्म ‘पीआर’को छायाङ्कन सकेका छन्

ओलीले भने- हाम्रो पार्टी कार्यालय एक रूपैयाँ उठाएर बनाउँछौँ भन्ने पनि निस्किए

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको केन्द्रीय कार्यालय चन्दा

दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ