बुद्धिसागरको ‘एक्लो’ लोकार्पण « Khabarhub

बुद्धिसागरको ‘एक्लो’ लोकार्पण


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुद्धिसागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरे । 

पुस्तक सार्वजनिक भएपछि लेखक बुद्धिसागरले आफू निकै भावुक भएको बताएका थिए । ‘बिहान उठ्दा एकदमै आत्मविश्वासी थिएँ । तर बाटोमा आउँदा आउँदै डर लाग्न थाल्यो । प्रज्ञा प्रतिष्ठानको गेटमा आइपुग्दासम्म खुट्टा नै काँपेको महसुस भयो,’ उनले भने ।

‘एउटा लेखक २/४ वर्ष साथीहरूको सर्कलबाट काटिन्छ । ऊ भीड छाडेर एकान्तको खोजीमा भौँतारिन्छ । तर होहल्ला मच्चाइरहेको आफ्नो मस्तिष्कले आजित हुन्छ । एउटा लेखक वर्षौसम्म पात्रहरू बोकेर किन हिँडिरहन्छ ?,’ उनले थपे, ‘उत्तर धेरै भए पनि एउटा कुरा पक्का हो, ऊ उस्तै तर अरुभन्दा अलिकति फरक, अरुभन्दा अलिकति भिन्न कथा भन्न चाहन्छ । खोज्न चाहन्छ ती मानिस, जो उस्तै सोच र नजरिया राख्छन् । मैले पहिले कतै भनेको छु, संसारमा उस्तै अनुहार भएको अर्को मानिस खोज्ने एप आइसकेका छन् । तर पुस्तक मात्र एउटा यस्तो एप हो, जसले उस्तै भावना भएको अर्को मानिसलाई खोज्न सक्छ ।’

बुद्धिसागरले पाठकसँग भेटिनु आफ्ना लागि लेखनको ऊर्जा रहेको पनि उल्लेख गरे । लेखकले कथा कल्पिँदा पाठकले पात्र पाउने र पाठकहरूले कथा पढ्दा लेखकले अनेक अनुभूति पाउने उनको भनाइ छ । ‘यो लेनदेन चलिरहन्छ र मेरा लागि यो संसारकै मीठो लेनदेन हो, यो चलिरहोस्,’ उनले भने ।

को हुन् बुद्धिसागर ?

कैलालीमा जन्मिएका बुद्धिसागरको किशोरावस्था कालीकोटको मान्ममा बितेको हो । ०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका उनले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका छन् । 

सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्राम (आयोवा) का मानार्थ फेलो रहेका उनको उपन्यास कर्नाली ब्लुजको अङ्ग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ । उनका ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यास एवम् ‘बुद्धिसागरका कविता फाइनप्रिन्ट’बाट प्रकाशित छन् । ‘एक्लो’ उपन्यास पनि फाइनप्रिन्टले नै प्रकाशन गरेको हो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : ४५ बजे

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

गण्डकी- दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका