रुकुमपश्चिममा १४६ जनाको आँखाको शल्यक्रिया « Khabarhub

रुकुमपश्चिममा १४६ जनाको आँखाको शल्यक्रिया


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रुकुम – रुकुमपश्चिममा एक सय ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुकुम आँखा उपचार केन्द्र सल्लेमा उनीहरुको शल्यक्रिया भएको हो । जिल्लाको चारवटा पालिकामा भएको आँखा जाँच शिविरमा उनीहरुमा मोतियाविन्दु पहिचान भएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिए ।

सानीभेरी, त्रिवेणी, बाँफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकाका विभिन्न ठाउँमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो ।

दुई दिनसम्म चलेको निःशुल्क आँखा जाँच तथा शल्यक्रया शिविरबाट छ सय ९६ आँखाका बिरामीले सेवा लिएका छन् । नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिकाको स्थानीय व्यवस्थापनमा शिविरको आयोजना गरेको हो ।

शिविरमा नेत्र विशेषज्ञ डा सुरेश रसाइलीको नेतृत्वमा १६ स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले सेवा दिएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ९ : ०७ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम