बङ्गलादेशमा विपक्षी सांसदद्वारा सामुहिक राजीनामाको घोषणा « Khabarhub

बङ्गलादेशमा विपक्षी सांसदद्वारा सामुहिक राजीनामाको घोषणा


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नयाँ निर्वाचनको माग गर्दै प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्धको आन्दोलनमा बङ्गलादेशको प्रमुख प्रतिपक्षी दलका करिब एक लाख समर्थक शनिबार ढाकामा भेला भएका छन् ।

विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का सबै सात सांसदले उक्त कार्यक्रममा संसदबाट राजीनामा दिने घोषणा गरेका छन् । यससँगै देशको विधायिकालाई मुख्यतया रबर स्ट्याम्पको रूपमा छोड्नेछ । यद्यपि हसिनाको पार्टीसँग दुई तिहाइभन्दा बढी बहुमत थियो ।

पश्चिमा सरकार र संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् ।यो एसियाको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमध्ये एक हो तर युक्रेन युद्धले सरकारलाई ग्यास र डिजेलको आयात स्थगित गर्न बाध्य बनाएको छ । बिजुली कटौती र ईन्धनको मूल्य वृद्धिले हालैका महिनाहरूमा प्रदर्शनहरू सुरु भएका छन् ।

बङ्गलादेशी टाका २५ प्रतिशतसम्म अवमूल्यन भएको छ, जसले खाद्यान्न आयातको लागत बढाएको छ र गरीब र निम्न मध्यम वर्गका मानिसहरूलाई असर पारेको छ ।‘अटोरिक्सा’ चालक रसेल मियाँले खाद्यान्न र अन्य वस्तुको बढ्दो मूल्यवृद्धिप्रति आक्रोश व्यक्त गर्न ¥यालीमा सामेल भएको बताए । उनले मूल्यवृद्धिका कारण आफ्नो परिवारलाई नियमित छाक टार्न संघर्ष गर्नुपरेको बताए ।

बङ्गलादेशका आधा दर्जनभन्दा बढी टेलिभिजन समाचार च्यानलले उक्त विरोध प्रदर्शनलाई स्थान दिएनन् । यसो हुनुमा अधिकारीहरूले उनीहरूलाई त्यसो नगर्न दबाब दिएको आशङ्का आन्दोलनकारीले गरेका छन् ।

बिएनपीका एक अधिकारीका अनुसार मध्याह्नसम्ममा लाखौं मानिस ¥यालीमा सहभागी भएका थिए ।दुई करोड जनसङ्ख्या रहेको ढाकामा शनिबार प्रहरीले चेकप्वाइन्ट खडा गरेको थियो भने सुरक्षा व्यवस्था कडा पारिएको थियो । अर्का एक प्रहरी अधिकारीका अनुसार प्रदर्शनस्थलबाहिर सुरक्षाका लागि तीन हजारसम्म प्रहरी परिचालन गरिएको छ ।

ढाकाको सामान्य भीडभाड हुने सडकहरूमा केही साइकल, रिक्सा र कारहरू मात्र चलेका थिए, बीएनपीका अधिकारीहरूले सरकारले मानिसहरूलाई प्रदर्शनमा सामेल हुनबाट रोक्नका लागि यातायात सेवामा अनौपचारिक रोकावट सुरु गरेको आरोप लगाएका छन् ।

देशको प्रमुख बङ्गाली दैनिक पत्रिका प्रोथोम आलोका अनुसार सत्तारुढ दलका विद्यार्थी कार्यकर्ताले बीएनपीका कम्तीमा १० जना समर्थकलाई कुटपिट गरेका छन् ।प्रदर्शनमा भाग लिन दक्षिणी टापु भोलाबाट आएका व्यापारी मोहम्मद आलमगीरले भन्नुभयो, “म कुनै पनि राजनीतिक दललाई समर्थन गर्दिनँ । हामी वर्तमान अवस्थाबाट मुक्ति चाहन्छौं ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १० : ३० बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा