भारतको स्वतन्त्रता दिवसको अवसरमा पोखरामा स्वास्थ्य शिविर « Khabarhub

भारतको स्वतन्त्रता दिवसको अवसरमा पोखरामा स्वास्थ्य शिविर


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय पोखराले सोमबार रक्तदान र निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

भारतीय पेन्सन क्याम्प रामबजारमा आयोजित रक्तदान कार्यक्रममा १११ पिन्ट रगत सङ्कलन गर्नुका साथै मुख, दाँत परीक्षण, रक्तअल्पता, क्यान्सर र स्वास्थ जीवनयापनका लागि जीवनशैलीसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख कर्णेल शशाङ्क त्रिपाठीले कार्यक्रमको शुभारम्भ गर्दै भुतपूर्व सैनिकको सेवाका साथै रचनात्मक क्रियाकलापमा क्याम्पबाट निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे। क्याम्पमा आवद्ध चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, रक्तदान अभियानकर्मी सराङकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णबहादुर थापा, गोर्खा क्युनिटी समूहका अध्यक्ष चोकबहादुर गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, विज्ञापन बोर्डका अधिकृत हरिनारायण गौतम, पेन्सन वितरण कार्यालयका भरतभूषण पाण्डे, चेतबहादुर खत्रीलगायतले रक्तदानकको महत्व एवं उपादेयतामाथि चर्चा गरेका थिए ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १० : १९ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा