सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण « Khabarhub

सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकाका एक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण भएको छ । डेभिड बेन्नेट नाम गरेका अमेरिकी नागरिकमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण भएको हो । वंशानुगत रुपमा परिवर्तन गरेको सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति हुन् ।

प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था सामान्य छ । बाल्टीमोरको एक अस्पतालमा सात घन्टा लामो शल्यक्रियापछि प्रत्यारोपण सफल भएको हो ।

प्रत्यारोपणलाई बेन्नेटको जीवन बचाउने अन्तिम प्रयासका रुपमा लिइएको छ । उनी अब कति समयसम्म बाँच्छन भन्ने केही प्रष्ट गरिएको छैन्।

‘मर्नु वा प्रत्यारोपण गर्नु बाहेक अर्को विकल्प थिएन,’ शल्यक्रियाअघि बेन्नेटनले भनेका थिए, ‘अवश्य पनि यो अध्याँरोमा गोली हान्नु थियो । तर मैले अन्तिम विकल्प रोजे । ’

शल्यक्रिया पुरा गर्न युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरुलाई अमेरिकी मेडिकल नियामक निकायले एउटा विशेष छुट दिएको थियो, ताकी बेन्निट बाँच्न सकून । उनको स्वास्थ्य अवस्था कमजोर भएकोले उनलाई मानव अंग प्रत्यारोपण गर्न असम्भव देखिएको थियो ।

प्रत्यारोपणमा सफलतासँगै वर्षौंसँग त्यसबारे अध्ययन गरेका मेडिकल टिममा थप हौसला बढेको छ र यसले विश्वभर मानिसहरुको जीवनलाई परिवर्तन गर्न सक्ने विश्वास गरिएको छ ।

-सीएनएन

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ११ : १२ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा