एमाले ताप्लेजुङको अध्यक्षमा थेवे निर्वाचित « Khabarhub

एमाले ताप्लेजुङको अध्यक्षमा थेवे निर्वाचित


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – एमाले ताप्लेजुङको अध्यक्षमा भुपेन्द्र थेबे विजय भएका छन् । बलबहादुर सम्मसोहाङलाई ५६ मतले पछि पार्दै थेवे विजयी भएका हुन् । ६३५ मत खसेकोमा थेवेले ३२९ र साम्सोहाङले २७३ मत प्राप्त गरेका थिए ।

थेवे केपी ओली र साम्सोहाङ तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता हुन् । नेपालले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ता गरेपछि उनी एमालेमै फर्किएका थिए ।

उपाध्यक्षमा सन्तोष खतिवडा ३३१ मत प्राप्त गरी विजयी भएका छन् । अर्का उम्मेदवार मातृकाप्रसाद भट्टराईले २४६ मत प्राप्त गरेका थिए । सचिव पदमा केशरकुमार मेन्याङबो विजय भएका छन् । मणि पोमु र दिपेन पोमु सहसचिवमा विजय भएका छन् ।

खुल्ला १३ सदस्यमा थेवे पक्षका १० र साम्सोहाङ पक्षका दुईजना विजयी भएका छन् । थेवे समूहका कुमार मादेन,अम्बिका नुगो लिम्बू,निमातेञ्जी शेर्पा, प्रकाश इवारम, पदम सुनुवार, शरदराज निरौला, लेखनाथ भट्टराई, हर्कराज पालुङ्वा, नन्दलाल गौतम र कुलमणि दाहाल विजयी भएका छन् ।
साम्सोहाङ समूहबाट तारानाथ घिमिरे र सन्तोष प्रसाई तथा दुवै समूहमा रहेका दीपक अधिकारी विजयी भएका छन्बि ।

६ खुला महिला सदस्यमा थेवे समूहका भीमादेवी ओझा, निर्मला इजम, कोपिला नेपाली, टीकादेवी दाहाल र पार्वता यक्सो तथा साम्सोहाङ समूहका शान्ता आङ्बुहाङ विजयी भएका छन् । तीन दलित कोटाबाट थेवे समूहका खगेन्द्र नेपाली,सन्तोष तोलाङ र मनकुमार नेपाली विजयी भएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १२ : ४० बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा