पिएम कपः पुलिसको लगातार दोस्रो जित « Khabarhub

पिएम कपः पुलिसको लगातार दोस्रो जित


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

त्रिवि मैदानमा मंगलबार १३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो । विभागीय प्रतिद्वन्द्धी आर्मीविरुद्धको जितसँगै पुलिसले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । सोमबार मुलपानीमा भएको खेलमा पनि पुलिसले सुदूरपश्चिम प्रदेशलाई दुई रनले हराएका थियो ।

पुलिसको जितमा ओपनर ब्याटर कुशल भुर्तेलले २२ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ३५ रन बनाए । यस्तै, रसिद खानले २८, विकेट किपरसमेत रहेका दिलिप नाथले २५ तथा अनिल शाहले २२ रनको योगदान गर्दा आरिफ शेखले १० रन बनाए ।

बलिङमा आर्मीका साहब अलामले सर्वाधिक तीन विकेट लिए । यस्तै, जितेन्द्र मुखियाले दुई तथा कुशल मल्लले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा एक बल बाँकी रहदा सबै विकेट गुमाएर १३७ रनको योगफल तयार पारेको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले ३६ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ४४ रन जोडे । यस्तै, ओपनर सोमपााल कामी ४२ रन बनाउँदा हरि चौहान १२, कुशल मल्ल तथा सुसन भारीले समान १२ रन बनाए ।

पुलिसको बलिङमा करण केसीले चार ओभरमा १७ रन खर्चिदैं सर्वाधिक चार विकेट लिए । उनी खेलको प्लेयर अफ दि म्याचसमेत भए । गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान दुई विकेट तथा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समना एक विकेट लिए । जितसँगै समूह एबाट पुलिस चार अंकसहित शीर्षस्थानमा छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १ : १० बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका