गुल्मीमा विद्युतीय राहदानी सेवा सुरु : प्रविधिमा कर्मचारी र प्रक्रियामा सेवाग्राही अलमलमा | Khabarhub Khabarhub

गुल्मीमा विद्युतीय राहदानी सेवा सुरु : प्रविधिमा कर्मचारी र प्रक्रियामा सेवाग्राही अलमलमा


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले विद्युतीय राहदानी सेवा सुरु गरेको छ ।

अब प्रशासन कार्यालयले पुरानो राहदानीको समयावधि सकिएका सबैलाई विद्युतीय राहदानी (ई-पासपोर्ट) प्रदान गर्नेछ । प्रशासन कार्यालयले केही दिन विद्युतीय राहादानीको परीक्षण गर्‍यो ।

अहिले दैनिक १० जनालाई सेवा प्रदान गर्न सकिने गरेर काम सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्डविक्रम पौडेलले जानकारी दिए । नयाँ प्रविधि भएकाले अझै पनि सतप्रतिशत काम हुनेमा कार्यालय विश्वस्त नभएको पौडेलले बताए ।

‘कर्मचारीको कारण काम रोकिँदैन । तर, प्रविधिमा समस्या आउनेबित्तिकै काम बिग्रन पनि सक्छ,’ उनले भने, ‘सुरु-सुरुमा कसैलाई सास्ती पनि हुनसक्छ ।’ उनले फाराम भर्ने बेलाम आफ्नो पालो पर्ने निर्धारण हुने भएकाले पालो र अरु प्रक्रिया बुझेर मात्रै कार्यालयमा आउन सेवाग्राहीलाई आग्रह गरे ।

नागरिक सवै सूचना र प्रविधिको पहुँचमा छैनन् । सरकारले छिनछिनमा बदल्ने सेवा र त्यसको प्रक्रियाका बारेमा नागरिक अनविज्ञ हुँदा सास्ती खेप्ने गरेका छन् । सेवा प्रदायक त विद्युतीय राहदानीको बारेमा सिक्दै छन् ।

सोमबार विद्युतीय राहादानीको सेवा शुभारम्भ गरिरहेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई सेवाग्राहीले गरेको प्रश्नबाट नागरिक सुविधा र प्रक्रियामा प्रष्ट छैनन् । अहिलेको विद्युतीय राहदानी र अघिल्लो राहदानी पाउने प्रक्रियामा खासै फरक छैन ।

यो पासपोर्टका लागि पहिले नै आफ्नो मोबाइल एप वा इन्टरनेटबाट फारम भरेर मात्र प्रशासन कार्यालयमा पुग्नुपर्छ । सबैले मोबाइल एप प्रयोग गर्न सक्दैनन् । पहिलेको राहदानीको जस्तै साइवरहरु (बाहिर फाराम भर्ने स्थान) बाट फाराम भर्ने । त्यसपछि प्रशासन कार्यालयको राहदानी शाखामा आएर फाराम भेरिफाइ गरेपछि मात्रै राजस्व बुझाउनुपर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

राजश्व बुझाउन कार्यालय परिसरमै बैंकको शाखा रहेको छ । राजश्व बुझाएपछि राहदानी शाखामा आएर फोटो खिचाएर थप भेरिफाइ भएपछि मात्रै सम्बन्धित अधिकारीबाट प्रमाणीकरण हुने पन्थीले बताए । पहिलेको राहदानीको लागि भन्दा फरक विद्युतीय राआदानीलाई राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक पर्छ । त्यो संगै सक्कल नागरिकता, शैक्षिक प्रमाणपत्र आवश्यक पर्छ ।

बसाइँसराइको हकमा बसाइँसराइको प्रमाणपत्र, विवाह गरेको खण्डमा विवाह दर्ताको प्रमाणपत्र आवश्यक पर्ने प्रशासकीय अधिकृत पन्थीले बताए ।

लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित राहदानीलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले झन्डै ११ वर्षपछि विद्युतीय राहदानी प्रयोगमा ल्याएको छ । अब विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुने बताइएको छ ।

प्रत्येक पाँच-दश वर्षमा राहदानीमा सुरक्षाका प्रावधानहरू अद्यावधिक गर्नुपर्छ । राहदानीमा सुरक्षा प्रावधान अद्यावधिक गरिएको छ । एमआरपीको तुलनामा विद्युतीय राहादानी बढी विश्वसनीय र सुरक्षित भएको विभागको दावी छ ।

अब स्वयं व्यक्तिबाहेक अरुले कुनै पनि तरिकाले राहदानी लिन नसक्ने र नक्कली काम नहुने विभागले गरेको छ । विदेशमा भएका कारण राष्ट्रिय परिचयपत्र बनाउन नसक्ने व्यक्तिको हकमा भने एमआरपीलाई नै आधार मानिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  २ : ०० बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र