जुम्लाको नाम फेरिँदै : अब मेडिकल हब जुम्ला | Khabarhub Khabarhub

जुम्लाको नाम फेरिँदै : अब मेडिकल हब जुम्ला


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला नाम सुन्नासाथै धेरैको आँखाअघि दुर्गम, पिछडिएको क्षेत्र, अशिक्षा, खाद्यन्न अभाव, आधुनिक भौतिक पूर्वाधारविहीन क्षेत्रको दृश्य आउन थाल्छ ।

जुम्लाले कयौं वर्षदेखि यस्तै परिचय बोक्दै आएको पनि छ । तर, केही समययता जुम्ला शताब्दीऔँ देखिएको आफ्नो नाम बदल्ने दौडमा छ । केही समयपछि जुम्ला ‘मेडिकल हब जुम्ला’ बन्ने तयारीमा छ ।

कुनै समय स्वास्थ्यकर्मी अभावमा बाँचेको जुम्ला अहिले डाक्टरी (एमबीबीएस) पढाइ हुने जिल्ला बनेको छ । २६ मंसिरमा जुम्लामा एमबीबीएससहित मेडिकल शिक्षा कार्यक्रम सुरू भएपछि यहाँ भौतिक संरचना निर्माणले गति लिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट ६ किलोमिटर टाढा च्यारेचौरमा एमबीबीएस अध्ययन र अध्यापनका लागि दुई दर्जन भौतिक संरचना निर्माणको तयारी गरेको उपकुलपति डा. मंगल रावलले बताए ।

उनले भने, ‘प्रतिष्ठानले एमबीबीएस सुरू गरेपछि यो स्थानलाई ‘मेडिकल हब’को रुपमा विकास गर्न २३ वटा भवन निर्माण योजना अगाडि बढाइएको छ ।’ उनले अब च्यारेलाई प्रतिष्ठानको दीर्घकालिन योजनामार्फत मेडिकल हबको रुपमा विस्तार गरिदै लगिने बताए ।

एमबीबीएससहितका शैक्षिक कार्यक्रमहरूको अध्ययन अध्यापन गराउन चन्दननाथ नगरपालिका–३ का स्थानीयले च्यरेचौरमा निःशुल्क जग्गा प्रदान गरेका छन् । च्यारेचौरमा एक भवन भने निमार्णाधीन अवस्थामा छ भने अरु भवन पनि रसुवा कम्पनीले बनाउन थालेको छ ।

जुम्लाको डाँफे लेकनजिक च्यारेचौर जुम्ला भ्यालीको अग्लो स्थान हो । सो स्थान पर्यटकीय क्षेत्रको रुपमा समेत परितिच छ । मेडिकल शिक्षाको अध्ययन हुने भएकोले जुम्ला र च्यारे संसारकै रोलमोडेल मेडिकल हब हुने सम्भावना छ ।

हिमाली क्षेत्र जहाँ हिउँदभर हिउँले ढाक्ने भागमा अब सेता एप्रोन लगाएका डाक्टर उत्पादन हुने रजिष्ट्रार नृपेन्द्र महतले बताए । उनले च्यारे चौरमा रहेको पाँच सय रोपनी जग्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्थानीयले दिने सहमति भएको बताए ।

तीन सय रोपनी प्रतिष्ठानको नाममा दर्ता समेत भइसकेको छ । सोही क्षेत्रमा शैक्षिक भवनहरू निर्माण हुनेगरी नेपाल सरकार समक्ष योजना पेश भएको छ । जुम्ला सदरमुकाममा रहेको तीन सय शैयाको अस्पताल क्षेत्रमा अहिले एमबीबीएस लगायतका कक्षा संचालन भइरहेका छन् ।

बर्षेनी बिरामी बढ्दै जाने र संरचना साघुँरो हुँदै गएकाले एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्न च्यारेमा ठूला भौतिक संरचना निर्माण गर्न लागेको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाका अनुसार च्यारेमा एउटा भवन निर्माण र जुम्ला बजार अस्पताल क्षेत्रनजिक तीन वटा भवन निर्माण गर्न रसुवा कम्पनीले जिम्मा पाएको छ ।

उनले भने, ‘पछिल्लो समय प्रतिष्ठानमा एमबीबीएस अध्ययन गर्न २० जना विद्यार्थी भर्ना भइसकेका छन् । जुम्लामा प्रतिष्ठान स्थापनापछि स्वास्थ्य क्षेत्रको मात्रै नभइ जुम्ला जिल्लाकै परिचय बदलिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  २ : ३० बजे

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक

शिक्षा विधेयकमा निजी विद्यालयको विरोध, माग पुरा नभए आन्दोलनमा उत्रिने 

काठमाडौं– सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूले असन्तुष्टि

ग्रे लिस्ट सन्दर्भ देखाउँदै सरकारले माग्यो सहकारीहरूको विवरण

काठमाडौं– सरकारले फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) र एसिया/प्यासिफिक ग्रुप अन

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि रुसमाथि थप ‘दबाब’ दिन युरोपेली नेताहरूको आग्रह

किएभ- युक्रेनमा जारी युद्ध अन्त्यका लागि ट्रम्प र पुटिनबीचको शिखर

वन्यजन्तुको आक्रमणमा ज्यान गुमाएकाका परिवारलाई एक करोड ६० लाख क्षतिपूर्ति

तनहुँ– वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन