मेडिकल कलेज शुल्क विवादः विद्यार्थी संगठनद्वारा गृहमन्त्रीको ध्यानाकर्षण « Khabarhub

मेडिकल कलेज शुल्क विवादः विद्यार्थी संगठनद्वारा गृहमन्त्रीको ध्यानाकर्षण


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनले अतिरिक्त शुल्क माग गर्ने मेडिकल कलेज सञ्चालकलाई कानूनी कार्वाही गर्नुपर्ने मागसहित गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मंगलबार गृहमन्त्री खाँडलाई भेटेर सात विद्यार्थी संगठनहरूले ३ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

शिक्षाजस्तो अत्यावश्यक सेवालाई आफ्नो चंगुलमा राखी विद्यार्थीको अधिकार र भविष्यमा प्राप्त हुने सफलतामाथि अंकुश लगाउन खोज्ने मेडिकल सञ्चालहरुलाई तत्काल पक्राउ गरी कानून बमोजिम कार्वाही गर्नुपर्ने विद्यार्थी संगठनको माग छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरित बढी शुल्क लिने नोबेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज र मणिपाल मेडिकल कलेजमाथि आवश्यक छानबिन हुनपर्ने र विद्यार्थी र उनका अभिभावकलाई धम्की दिनेलाई कार्वाही गर्नुपर्ने माग पनि विद्यार्थी संगठनहरुले राखेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाँडले यस विषयलाई आफूले गम्भिरतापूर्वक लिएको बताएका थिए । उनले आवश्यक छलफल गरेर अघि बढ्न आश्वान दिएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ४ : १५ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले