मेडिकल कलेज शुल्क विवादः विद्यार्थी संगठनद्वारा गृहमन्त्रीको ध्यानाकर्षण | Khabarhub Khabarhub

मेडिकल कलेज शुल्क विवादः विद्यार्थी संगठनद्वारा गृहमन्त्रीको ध्यानाकर्षण


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनले अतिरिक्त शुल्क माग गर्ने मेडिकल कलेज सञ्चालकलाई कानूनी कार्वाही गर्नुपर्ने मागसहित गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मंगलबार गृहमन्त्री खाँडलाई भेटेर सात विद्यार्थी संगठनहरूले ३ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

शिक्षाजस्तो अत्यावश्यक सेवालाई आफ्नो चंगुलमा राखी विद्यार्थीको अधिकार र भविष्यमा प्राप्त हुने सफलतामाथि अंकुश लगाउन खोज्ने मेडिकल सञ्चालहरुलाई तत्काल पक्राउ गरी कानून बमोजिम कार्वाही गर्नुपर्ने विद्यार्थी संगठनको माग छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरित बढी शुल्क लिने नोबेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज र मणिपाल मेडिकल कलेजमाथि आवश्यक छानबिन हुनपर्ने र विद्यार्थी र उनका अभिभावकलाई धम्की दिनेलाई कार्वाही गर्नुपर्ने माग पनि विद्यार्थी संगठनहरुले राखेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाँडले यस विषयलाई आफूले गम्भिरतापूर्वक लिएको बताएका थिए । उनले आवश्यक छलफल गरेर अघि बढ्न आश्वान दिएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ४ : १५ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना